arrow

पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च जुटाउनै परे हामी सबै नेपाली तयार छौं : गगन थापा

‘सरकारी कोषबाट उपचार खर्च गर्न पाइँदैन भन्नेमा प्रधानमन्त्री देउवा प्रष्ट हुनुहुन्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
gagan-thapa-final.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेपालका बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन भन्ने कानुनी व्यवस्थाका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रष्ट रहेको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत आफ्नो विचार ब्यक्त गर्दै थापाले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा आफ्नै पहल र संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’भन्ने व्यवस्था रहेको र उक्त कानून २०७५।६।२ गतेदेखि लागू भइसकेकाले उक्तबारे प्रधानमन्त्री देउवा प्रष्ट रहेको विश्वास ब्यक्त गरेका हुन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको खर्च खर्च जुटाउनु पर्ने अवस्था आएमा त्यसको लागि देश विदेशमा रहेका सबै नेपाली हरदम तयार रहने र आफू पनि त्यसमा क्रियाशील रहने उल्लेख गर्दै थापाले यस्तो बेलामा उनको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उनको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उनी र उनीको परिवारलाई दुःखी नबनाउन पनि आग्रह गरेका छन् ।

२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’भन्ने व्यवस्था छ र उक्त कानून २०७५।६।२ गतेदेखि लागू भइसकेको छ।

यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।

जहाँसम्म पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै वहाँको शीघ्र  स्वास्थ्य लाभको कामना गरिरहेका छौँ। नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ। झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं। मलाई विश्वास छ हाम्रो चाहना छिटै पुरा हुनेछ।

उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै छ। उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै। यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।

सम्माननीय प्रधानमन्त्रीज्यू, 
अतः  ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ