arrow

ओलीसँग पार्टी एकता प्रस्ताव लगेर ठूलो गल्ती गरें : प्रचण्ड

‘गोहीको आँशु नबगाउँदा राम्रो’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
prachanda-final.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुईतिहाइको सरकार ढलेर यस्तो अवस्था आउने थाहा भएको भए आफूले केपी ओलीसँग पार्टी एकता प्रस्ताव नलाने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभामा आइतबार राखेको प्रस्तावमा बोल्दै ओलीसँग पार्टी एकता प्रस्ताव लगेर आफूले गम्भीर गल्ती गरेको बताए ।

प्रचण्डले भने, ‘दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने जस्तो दुर्दशा यति छिटो देख्नुपर्ने भए किन गठबन्धन र किन पार्टी एकताको प्रस्ताव लान्थे होला ।’

त्यस्तै प्रचण्डले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रस्ट पारे ।

एमाले नेताहरुले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन भने ।

उनले देउवालाई अदालतले नभएर संविधानको धारा व्याख्या गरेर प्रधानमन्त्री बनाएको उल्लेख गर्दै भने, ‘शेरबहादुरजीलाई अदालतले प्रधानमन्त्रीमा नियुक्त गरेको होइन, संविधानको धारा ७६ को उपधारा ५ लाई अदालतले व्याख्या गरिदिएको मात्र हो।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ