arrow

विश्वासको मत दिन हेलिकोप्टरबाट फर्किए गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
gagan-thapa-heli.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका नेता गगनकुमार थापा हेलिकोप्टरमार्फत काठमाडौं फर्किएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार संसदमा विश्वासको मत लिने आकस्मिक निर्णय गरेपछि नेता थापा हेलिकोप्टरमार्फत काठमाडौं फर्किएका हुन् ।

दुई दिनदेखि थापा पोखरामा रहेका थिए ।  पृथ्वी राजमार्ग हुँदै काठमाडौं फर्किएका थापा तनहूँको दमौली अघिको पहिरोका कारण सडक अवरुद्ध भएपछि दमौलीमा अलपत्र परेका थिए । उनी एभरेष्ट हेलीमार्फत काठमाडौं आएका हुन् । नेता थापाको साथमा पूर्वमन्त्री यज्ञबहादुर थापा पनि रहेका छन् । 

कांग्रेस नेता रामजी कुँवरको स्मृतिसभा तथा पार्टीको विभिन्न कामका लागि थापा शनिबार बिहान पोखरा पुगेका थिए ।

हेलिकोप्टरमार्फत काठमाडौं पुगेका थापाले आजै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिदैछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ