arrow

कांग्रेस नेता गगन थापा दमौलीमा अलपत्र, हेलिकोप्टरमार्फत काठमाडौं जाँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
gagan-thapa14.jpg

पोखरा । नेपाली कांग्रेसका नेता गगनकुमार थापा हेलिकोप्टरमार्फत काठमाडौं जान लागेका छन् ।  

दुई दिनदेखि पोखरामा रहेका नेता थापा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार संसदमा विश्वासको मत लिने आकस्मिक निर्णय गरेपछि हेलिकोप्टरमार्फत काठमाडौं फर्किन लागेका हुन् । उनको साथमा पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन् ।

थापा पोखराबाट आइतवार बिहान ११ बजे काठमाडौं फर्किने तयारीमा थिए । तर मौसम खराब भएपछि उनी स्थलमार्ग (पृथ्वी राजमार्ग) हुँदै काठमाडौं जाँदै थिए ।
 
तनहूँको दमौली भन्दा केही अघि पुगेपछि पहिरोका कारण सडक अवरुद्ध भएपछि उनी दमौलीमा अलपत्र परे ।  त्यसपछि उनी हेलिकोप्टर मगाएर काठमाडौं फर्किने तयारी गरिरहेको नेविसंघका पूर्व केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए ।  नेता थापाद्धय हाल नेपाली कांग्रेस तनहूँको पार्टी कार्यालयमा छन् । 

कांग्रेस नेता रामजी कुँवरको स्मृतिसभा तथा पार्टीको विभिन्न कामका लागि थापा शनिबार बिहान पोखरा आएका थिए ।

विश्वासको मत दिन हेलिकोप्टरबाट फर्किए गगन थापा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ