अमेरिकाद्वारा तियानमेन स्क्वायर म्युजियमसँग सम्बन्धित रहेका हङकङका अधिकारीहरूको निन्दा
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
1.6k
Shares
फाइल तस्बिर
वासिङ्टन। संयुक्त राज्य अमेरिकाले तियानमेयन स्क्वायर म्युजियमसँग नजिक रहेका हंगकंगका अधिकारीहरूको निन्दा गरेको छ । सन् १९८९ जुन ४ मा भएको तियानमेन स्क्वायर नरसंहारको सम्झनामा सङ्ग्रहालय बनाउन लागेको र स्मृति दिवसको कार्यक्रम गर्न हङकङका अधिकारीहरू सक्रिय भएको भन्दै अमेरिकाले निन्दा गरेको हो ।
संयुक्त राज्यले अमेरिकाले हङकङका अधिकारीहरूले गरेका कार्यहरूको भर्त्सना गरेको छ । जसले आयोजकहरूलाई १९८९ को तियानानमेन स्क्वायर नरसंहारको उपलक्ष्यमा जुन ४ मा सङ्ग्रहालय बन्द गर्न उक्साएको अमेरिकी विदेश विभागका उपप्रवक्ता जलिना पोर्टरले टेलिफोन ब्रीफिंगमा भ्वाइस अफ अमेरिकालाई बताइन् ।
'हङकङ र बेइजिङका अधिकारीहरूले इतिहासबाट भयावह नरसंहार मेटाउनका लागि असहमतिजनक आवाजलाई चुप लाग्न जारी राखेको पोर्टरले थपे । यसैबीच तियानमेन स्क्वायर नरसंहारको ३२ औँ वार्षिकोत्सवमा लोकतन्त्र समर्थक हंगकंगका अभियानकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
हङकङ र मकाउमा मात्रै तियानमेन नरसंहारको स्मृतिमा कार्यक्रम गर्ने गरेको बिबिसीले जनाएको छ । सन् १९८९ मा प्रजातन्त्रको पक्षमा वकालत गर्नेहरूलाई नरसंहार गरिएको थियो।