arrow

देउवासँग छलफल गरेर मात्र माओवादी केन्द्रतर्फका मन्त्रीहरुको टुंगो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
prachanda-deuba.jpg.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रको मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेशको स्वागत गरेको जानकारी दिए ।

तर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुका बारेमा भने बैठकले कुनै ठोस निर्णय गर्न सकेन् । सरकारको स्वरुपको बारेमा छलफल गरेर मात्र सरकारमा जाने मन्त्रीको बारेमा फेरि निर्णय हुने श्रेष्ठले जानकारी दिए ।

बैठकले सबै शक्तिलाई राष्ट्रिय सहमतिका साथ अगाडि बढाउने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवासँग सरकार सञ्चालनको निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरुपको बारेमा ठोस निर्णय गर्ने उनले जानकारी दिए । प्रचण्डले मन्त्रिपरिषद् गठनबारे देउवासँग मंगलबार नै आवश्यक छलफल गर्दैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ