arrow

सार्वजनिक जमिन ओगटेर बनाइएका घर भत्काइयो, २७ घरपरिवार आक्रोशित

logo
केदार कटुवाल
प्रकाशित २०७८ असार २७ आइतबार
khotang.jpg

उदयपुर । खोटाङको प्रमुख गन्तव्य तथा धार्मिक पर्यटकीय क्षेत्र बराहा पोखरी र शंखेश्वरी मन्दिरको गुठी तथा सार्बजनिक जमिनमा बनाइएका घर टहरा भत्काइएको छ ।

बराहा पोखरी गाउँपालिका-१ को बराहा पोखरी र शंखेश्वरी मन्दिरको गुठी र सार्बजनिक जमिन बर्षौदेखि ओगटेर भोग चलन गरेका २७ घर  शनिबार गाउँपालिका प्रहरी र स्थानीय प्रशासनले जेसिभि लगाएर भत्काएको हो ।

मन्दिर गुठी र आसपासका सार्बजनिक जमिन खाली गर्न गाउँपालिकाले तीन पटकसम्म दिएको समय सिमालाई अटेर गरेपछि अन्तिम बिकल्पका रुपमा जेसिभि लगाएर हटाइएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बनले जानकारी दिए ।

अन्तिम पटक गत मंसिर १८ गते गाउँ कार्यपालिकाको निर्णयअनुसार १० दिनको समय किटान गरेरै अतिक्रमण गर्ने ढक कहादुर कार्की , तोर्ण बहादुर कार्की, रामजी फुयँल , हरिहर खत्री, भुवन श्रेष्ठ, शिव श्रेष्ठ, महेन्द्र बिष्ट, खगेन्द्र राई, भिम बहादुर तामाङ, हर्क बहादुर तामाङ , भरत तामाङ, अर्जुन तामाङ, तिलकबहादुर मगर, गंगा बिक, डिल्लीराम गिरि, केदार राई , तिर्था तामाङ, गोकर्ण राई, डम्बरबहादुर राई , धनबहादुर राई, पदमबहादुर राई, ध्रुब गिरी, रामबहादुर राई ,मदनकुमार राई, हिमाल राईसहितका २७ घरलाइ सार्बजनिक सूचना जारी गरि घर टहरा हटाउन अनुरोध गरेको तर अटेर गरि नहटाउँदा बाध्य भएर जेसिभि लगाउनु परेको प्रमुख वनको दाबी छ ।

यता घर भत्काइएका स्थानीयले यस्तो बर्षा र कोरोनाको बिश्वब्यापी महामारीमा बास उठाएको, अमानवीय र क्रुर बनेर जेसिभिले घर भत्काउँदा अन्नपात, लत्ता कपडा झिक्न नपाएको दुखेसो गरेका छन् ।

धेरै जनाले घर आफैं भत्काइसकेको र गुठी तथा सार्बजनिक जमिन भए छाड्छौ भनेर केही दिनको समय माग्दा पनि जनप्रतिनिधिले नदिएको गुनासो घरवारवीहिन भएकाहरुको छ ।

२०२० को भ्रमण बर्षमा एक सय गन्तव्यको सुचीमा यो स्थल समेत सरकारले सुचिकृत गरेको थियो । हराभरा बराहा पोखरी सुन्दर पालिकाको पहिचान दिलाउन गुठी तथा सार्बजानिक जमिनको सुरक्षा संरक्षण र सम्बद्र्धनको यो कार्य कोषे ढुङ्गा साबित हुने गाउँपालिका अध्यक्ष सालिग्राम बन्जराले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ