arrow

डोरमणि सरकारको बजेटमाथि विपक्षीको विरोध : मन्त्रीमुखी र गुटमुखी भन्दै आपत्ति 

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ असार २७ आइतबार
bagmati-pardehshava.png

हेटौँडा । बागमती प्रदेश सरकारले ल्याएको बजेट पक्षपाती भएकोले बजेट पारित हुन नहुने बिपक्षि दलका सांसदहरूले आवाज उठाएका छन् ।

आइतबार चलिरहेको प्रदेश सरकारको बजेट विनियोजन विधेयकमाथिको छलफलका क्रममा विपक्षी दलहरूले सरकारले अहङ्कारी सोचले विभेदकारी बजेट ल्याएको भन्दै विरोध गरेका छन् । प्रतिपक्षको तर्फबाट माओवादी केन्द्र, नेपाली काँग्रेस, विवेकशीललगायतका दलका नेताहरूले चर्को विरोध गरेका हुन् ।

बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको भन्दै विरोध जनाए। भूगोल विशेष र आवश्यकताको आधारमा बजेट बनाउनुपर्नेमा मन्त्रीमुखी र गुटमुखी बजेट आएको भन्दै उनले आपत्ति जनाए । उनले दलित, गरिब अल्पसङ्ख्यक समुदायको क्षेत्रमा बजेटले कुनै पनि सम्बोधन नगरिएको बताए । 

त्यस्तै नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकार आफैँले बस खरिद गरेर व्यापार गर्नतिर लाग्न नहुने धारणा राखे । बैठकमा बोल्दै बानियाँले काँग्रेसले यसअघि नै आफ्नो स्पष्ट धारणा राखिसकेको बताउँदै सरकार आफैँले मिडिया हाउस खोल्ने निर्णय गलत भएको दोहोर्‍याए । विद्युतीय बस खरिद, मिडिया हाउस सञ्चालनलगायतको विषय उठाउँदै अवरुद्ध प्रदेशसभा सञ्चालन गर्न विपक्षी दलहरूसँग भएको वार्ताका क्रममा मुख्यमन्त्री पौडेलले गरेको प्रतिबद्धता अनुरूप स्पष्टीकरण नदिएको भन्दै नेता बानियाँले असन्तुष्टसमेत जनाए ।

बजेटको प्राथमिकतामा भोक र खोप पर्नुपर्नेमा सरकार गम्भीर नभएको उनले बताए । कोरोनाका कारण रोजगारी गुमाएर गरिब विपन्न मानिसहरू खान नपाएर बसिरहेको भन्दै सरकारले उनीहरूको हितमा बजेट ल्याउन नसकेको बानियाँको भनाइ छ ।

 त्यस्तै यो अवस्थामा सरकारले खोप कसरी लगाउने भन्ने नसोचेर विद्युतीय बस सञ्चालन गर्ने तयारी गर्नु नालायकी काम भएको प्रदेशसभा सांसद गीता वाग्लेले बत्ताइन् । उनले सत्तापक्षका केही सांसदहरूलाई इङ्गित गर्दै भनिन् " यहाँ केही भजन मण्डलीले बजेट राम्रो आयो भनेर उफ्रिएको पनि देखियो, यो ..ग्नेलाई भन्दा देख्नेलाई लाज भन्या जस्तो भयो" ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रिना गुरुङले सरकारले विभेदकारी काम गरेको बत्ताइन् । उनले हिन्दुराष्ट र सङ्घीयताको विषय जनमत सङ्ग्रह गर्नुपर्ने बत्ताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ