arrow

सुजिता हत्या प्रकरण : महिना दिनपछि ट्वाइलेटको टङ्कीमा भेटियो शव

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असार २७ आइतबार
sujita-thakur.jpg

जनकपुरधाम । सुजिता ठाकुर हत्या प्रकरणमा निकै प्रयासपछि आइतबार प्रहरीले ठुलो सफलता हात पारेको छ । गाउँकै नजिक रहेको पेट्रोल पम्पको छेउमा ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टङ्कीमा सुजिताको शव सडे गलेको अवस्था भेटिएको छ।

महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर ७  भ्रमरपुराकी २६ बर्सिया सुजिता ठाकुरको जेठ २० गते घरमा  हत्या भएको थियो । सुजिताको शवको खोजतलास लगभग एक महिनादेखि भइरहँदा प्रहरीले असार १३ गते सुजीताका  श्रीमानको खेतमा ४ फिट गहिरो खाल्डो खन्दा कपाल , नुन, मल खाद , तन्ना र डोरी फेला पारेको भए पनि पुरै शव भेटाउन सकेको थिएन । 

प्रदेश प्रहरी, सङ्घीय प्रहरी र जिल्ला प्रहरी  महोत्तरीको संयुक्त मेहनतको प्रतिफलमा यो ठुलो सफलता हात पारेको हो । आइतबार बिहान प्रहरीले बेपत्ता भएको एक महिनापछि सुजिताको शव फेला पारेको हो । आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको  टङ्कीबाट सुजिताको शव बरामद भएको प्रहरीले  जनाएको छ।

अहिले शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा केही दिन अगाडी उत्खनन गर्दा सुजिताको शरीरका केही अवशेष फेला परेको थियो । सुजिताको हत्या बारे उनकै ५ वर्षीय छोराले खुलाए पछि माइती पक्ष र सामाजिक अभियन्ता सरोज रायको दबाबमा प्रहरीले खोज तलास सुरु गरेका थिए ।

त्यही दिन महोत्तरी प्रहरीले सुजिताको श्रीमान् र देवरलाई पक्राउ गरेको थियो ।  तर बाकी रहेका सुजिताकी सासू ,ससुरा पतिराम र देवरानी रोमा भने अहिले पनि फरार रहेका छन् । उनीहरू भारतको विहारमा लुकेर बसेको हुनसक्ने अंशका गरिएको छ । श्रीमान् र देवर दुवै जना प्रहरी हिरासतमै रहेको र उनीहरू सहित ६ जनाको संलग्नता देखिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ