arrow

रविन्द्र गौतम

बागमती प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २६ शनिबार
bagmati-pradesh-hetuda1.png

हेटौंडा । बागमती प्रदेशसभाको आज शनिबारको बैठक स्थगित भएको छ  । ३ बजेका लागि तय भएको बैठक विशेष कारण देखाउँदै सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरेका हुन् । उनले भोलि आइतबार २७ गते बिहान ११ः३० बजे बैठक आह्वान गरिएको जानकारी दिए ।

यसअघि असार १९ र २१ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजित बजेटमाथि क्रमागत रुपमा मन्त्रालय शिर्षकमा छलफल गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र विवेकशील साझा दलका नेताहरुले समष्टिगत रुपमा विभिन्न योजना तथा बजेटको बाँडफाँडमा पक्षपात गरिएको, सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न नहुने, विद्युतीय बस सञ्चालन गर्न नहुने , प्रदेश सरकार आफैले सञ्चारगृह स्थापना गर्न नहुनेलगायत माग राख्दै बैठक अबरुद्ध गर्दै आएका थिए ।

प्रदेशसभा सचिवालयमा हिजो मात्रै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर आजको लागि बैठक संचालन गर्ने सहमति भएको भएपनि प्रतिपक्षी दलहरुसंग सरकारको सहमति नभएको कारण आजको बैठक सार्नु परेको नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ