arrow

गोविन्दाका शत्रुको सूचीमा छन् यी ७ नाम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
GOVINDA-ANIMIE.jpg

काठमाडौँ । बलिउड अभिनेता गोविन्दा जो कडा मेहनत र अभिनयले आफ्नो परिचय बनाएका थिए । कुनै समय बलिउडमा गोविन्दाको राज थियो । 

गोविन्दाको नृत्य शैलीका लाखौँ फ्यान थिए । बलिउडमा उनलाई नम्बर १ नायक भनिन्थ्यो । अब उनी बलिउडको चर्चाबाट गुमनाम छन् । उनलाई चलचित्रका लागि अफर आउन पनि छाडेको छ । उनले बलिउडमा टिक्नका लागि भाग्य र आर्शिवाद चाहिने पनि बताउँदै आएका छन् ।

पछिल्ला केही वर्षहरूमा गोविन्दा र बलिउड बिच मनमुटाब देखिन्छ । गोविन्दाले नयाँ पुस्ताका नायकहरूको विषयमा चर्को आलोचना गर्ने गरेका छन् । बलिउडमा गोविन्दाका शत्रुहरूको सूची बढ्दै छ। हामी यहाँ गोविन्दाको दुस्मनहरूको सूचीमा रहेका सात प्रमुख कलाकार बारे राखेका छौ । 

सञ्जय दत्त
सञ्जय दत्त र गोविन्दाले धेरै सुपरहिट फिल्महरू एक साथ दिएका छन् तर उनीहरूको सम्बन्ध विवादास्पद टेप सामने आए पछि टुट्यो । धेरै वर्ष अघि अन्डर वर्ल्ड डन छोटा शकील र सञ्जय दत्तको अडियो टेप लिक भएको  थियो। अडियो टेपमा गोविन्दालाई गाली दिएको कुराहरू थिए । यस घटना पछि गोविन्दा र सञ्जयको मित्रता सदाको लागि टुट्यो ।

डेविड धवन
डेविड धवन र गोविन्दा बलिउडको सर्वश्रेष्ठ अभिनेता निर्देशक जोडी मानिन्छ। डेविडले गोविन्दाको ‘चश्मे बद्दूर’को रीमेक बनाउने विचार गरे । ऋषि कपूरलाई फिल्ममा ल्याए , तब देखि दुई बिचको दूरी बढ्यो। यसपछि गोविन्दा समय समयमा डेभिड धवनमाथि आफ्नो रिस पोख्दै आएका छन् । 

कृष्णा अभिषेक
भान्जा कृष्ण अभिषेकसँग गोविन्दाको मनमुटाब बढ्दो छ । दुवै बिचको एक अर्का प्रतिको भनाइ मिडियामा आइ रहन्छन्। दुवै समय पाउने बित्तिकै एक अर्काको बारेमा केही बोली नै रहन्छन् । एकातिर कृष्णले कुरालाई सम्हाल्ने कोसिस गर्छन्, अर्कोतर्फ गोविन्दाले उनलाई कुनै भाव दिँदैनन्। अहिले सम्म दुवै बिचको मनमुटाबको कारण के हो भन्ने चाहिँ कसैले पनि बुझ्न सकेको छैन।

करण जौहर
करण जौहरसँग पनि गोविन्दाको सम्बन्ध राम्रो छैन ।  करणलाई गोविन्दाले   खतरनाक र ईर्ष्यालु रहेको बताउने गरेका छन् ।  करण जौहरको बारेमा गोविन्दाले भनेका थिए कि उनले आफू एक जना राम्रो मान्छे हुँ भनेर देखाउँछन् तर उनी मलाई डेभिड भन्दा बढी खतरनाक र ईर्ष्यालु लाग्छन्।

शाहरुख खान
धेरै वर्ष अघि शाहरुख खानले गोविन्दा आफूले जस्तो अभिनय गर्न नसक्ने खुल्लमखुल्ला भनेका थिए । यो कुराले गोविन्दालाई धेरै बिझ्यो। गोविन्दाले शाहरुखसँग लामो समयसम्म कुरा गरेनन्। यो कुरा गोविन्दाकी आमालाई पनि राम्रो लागेको थिएन । जब किंंङ खानले यो कुराको छनक पाए उनी गोविन्दाकोमा गएर उनीसँग माफी मागे।

अमरीश पुरी
एक फिल्मको सुटिङमा केही घण्टा ढिलो आएपछि गोविन्दा र अमरीश पुरीबिच भनाभन भएको थियो। सो समयमा अमरीश पुरीले गोविन्दालाई समयमा आउन भनेका थिए। गोविन्दा एकै साथ धेरै फिल्मको सुटिङ गर्दै थिए र यसै कारण उनी ढिला भएका थिए। कुरा बढ्दै गयो र अमरीश पुरीले गोविन्दालाई 'नालीको कीरा' भनेका थिए। कुरा अन्त्य हुनुको सट्टा, अझ बढ्दै गयो र अमरीश पुरी रिसाएर गोविन्दाको गालामा जोडले थप्पड बजाए।

सलमान खान
फिल्म पाटनरमा मित्रता गाँसेका गोविन्दा र सलमान खानको मित्रता यसरी टुटेको छ कि त्यसलाई जो कसैले पनि जोड्न सक्दैन। सलमान खानले आफ्नो तर्फबाट गोविन्दासँग भेट गर्न धेरै कोसिस गरे नरपति उनी सफल भएनन् । दुवैको सम्बन्ध दरार कै अवस्थामा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ