arrow

एक हातले राजीनामा अर्को हातले राजनीतिक नियुक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
khagraj-baral.jpg

काठमाडौं । संवैधानिक आयोग तथा महत्वपूर्ण सरकारी निकायमा गरिने राजनीतिक नियुक्तिहरुमा बहालवाला या पूर्व सचिवहरुलाई प्राथमिकता दिने परम्परा नै भएको छ । यो परम्परालाई केपी ओली सरकारले अझै प्राथमिकता दिएको छ । 

अबकाश पाउनु भन्दा करिब एक महिना अघि मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराललाई सरकारले मंगलबार नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नास्ट)को अध्यक्षमा नियुक्त गरेको छ । बरालले साउन २४ गते ५८ वर्ष उमेर हदको कारण अनिवार्य अवकाश लिन लागेका थिए । नास्टको अध्यक्षमा नियुक्ति पाउनु भन्दा एक दिन अघि मात्र उनले सचिव पदबाट राजीनामा गरेका थिए ।

यसैगरी सचिव पदबाट अवकाश लिनु भन्दा करिब एक महिना अघि अर्का सचिव रामशरण पुडासैनीलाई पनि सरकारले राजनीतिक नियुक्त गरेको छ । पुडासैनीलाई सरकारले वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्ति गरेको छ ।

यसअघि सरकारले इश्वर पोखरेलका सम्धी उपेन्द्र कोइराललाई वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसको  व्यापक विरोध भए पछि सरकार आफनो निर्णयबाट पछि हटेको थियो । पछि धनीराम शर्मालाई वाणिज्य बैकको सञ्चालक समितिको अध्यक्षमा नियुक्ति गरिएको थियो ।

डा.हरि पौडेल र माधव बेलवासे सचिव पदमा बहाल हुदै सरकारले उनीहरुलाई अख्तियार दुरुयोग अनुसन्धान आयोग र लोकसेवा आयोगमा नियुक्ति गरेको थियो । ओली सरकारले थुप्रै ठाउमा पूर्व सचिवहरुलाई नियुक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ