arrow

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गरेको शिखर सम्मेलनमा नेपाली नेताहरु सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
C-xin.jpg

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीका नेताहरूको शिखर सम्मेलनमा नेपाली नेताहरु पनि सहभागी भएका छन् ।

आज मंगलबार छ तारिख भिडियामार्फत आयोजना भएको सम्मेलनमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका नेता सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जनाएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डलगायतका नेताहरुले पनि सम्मेलनमा भाग लिएका छन् ।

सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एबम राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना भएको महत्वपूर्ण बहुपक्षीय कुटनीतिक कार्यक्रम भएको सिआरआइले जनाएको छ ।

१६०भन्दा बढी मुलुक र ५००भन्दा बढी राजनीतिक पार्टी तथा राजनीतिक संगठनका नेताहरु, दश हजारभन्दा बढी राजनीतिज्ञहरुले उक्त सम्मेलनमा भाग लिएको सिआरआइले समाचारमा लेखेको छ ।

सम्बोधनमा सी चिन फिङले विभिन्न देशका राजनीतिक दलहरुलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न, जनताको आवाज सुन्नुपर्ने र विभिन्न देशहरूलाई मानवजातिको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा बढाउन आह्वान गरे ।

सी चिन फिङले मानव सबै एक पूर्ण छन् र पृथ्वी एउटा घर हो भन्दै साझा चुनौतीहरूको सामना गर्दै, कोही पनि वा कुनै पनि देशले एक्लोपनको सामना गर्नु नपर्ने बताए ।  सी चिनफिङले विभिन्न मुलुकबीचको इतिहास, सँस्कृति, प्रणाली, विकास स्तर फरक फरक भए पनि शान्ति, विकास, न्याय, निष्पक्ष, लोकतन्त्र, स्वतन्त्रता समेत समस्त मानव जातिको साझा मूल्यबारे विभिन्न मुलुकका जनताको साझा लक्ष्य हो भन्दै राजनीतिक दल मानव जातिको साझा मूल्यको वकालतकर्ता हुनुपर्छ साथै मूल्यलाई व्यवहारमा उतार्ने बाटोबारे विभिन्न मुलुकको छनोटको सम्मान गरी समस्त मानव जातिको साझा मूल्यलाई स्वदेशका जनताको हितलाई व्यवहारमा उतार्ने अभ्यासमा पुर्याउनुपर्ने बताए ।

उनले नयाँ कोरोना भाइरस महामारीको सामना गर्नुपर्दा विभिन्न देशका राजनीतिक दलहरूले सहकार्यमा गर्नुपर्ने, महामारीको राजनीतिकरणको विरोध गर्नुपर्ने र मानव स्वास्थ्य समुदायको निर्माणलाई संयुक्त रुपमा अघि बढाउनुपर्ने भन्दै आतंकवाद लगायत अन्य क्षेत्रमा मानव जातिको शत्रुको सामनामा राजनीतिक दलहरूले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई नेतृत्व गरी चिनियाँ विशेषतायुक्त समाजवादी बाटो अपनाएको कुरा इतिहास र अभ्यासले अगाडि प्रमाणित गरेको उल्लेख गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले ठूलो मुलुकको ठूलो पार्टीको कर्तव्य बहन गर्दै मानव जातिको लाभका लागि नयाँ योगदान सिर्जना गर्ने बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ