arrow

वरिष्ठलाई मिचेर कनिष्ठलाई सचिव, ६ पदमा वढुवा हुन बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
sachip-baduwa.jpg

काठमाडौं । सरकारले इञ्जिनियरिङ सेवा तर्फ वरिष्ठलाई मिचेर कनिष्ठलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिले  इन्जिनियरिङ सेवातर्फ बज्राचार्यसहित सुशिलचन्द तिवारी र गोपालप्रसाद सिग्देलको नाम सिफारिस गरेको थियो । सचिवमा बढुवा भएकी प्रमिलाभन्दा सुशिल तिवारी बरिष्ठ हुन् ।

बढुवा समितिले पहिलो नम्बरमा तिवारी, दोश्रो नम्बरमा प्रमिला र तेश्रो नम्बरमा गोपाल सिग्देलको नाम सिफारिश गरेको थियो । तर सत्तारुढ दल नेकपा एमालेको केपी ओली खेमासँग निकट मानिएकी कारण प्रमिलालाई बढुवा गर्ने निर्णय सरकारले गरेको हो ।

बैठकले वरिष्ठ सहसचिवहरु गणेशप्रसाद पाण्डे, डा. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा.कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । प्रमिला बाहेक अन्य ३ जनाको हकमा भने एक नम्बरमा सिफारिश गरिएका वरिष्ठ सहसचिवहरुलाई बढुवा गरिएको हो । कृषि तथा वन तर्फ आचार्यलाई बढुवा गरिएको हो ।

बढुवा समितिले आचार्य सहित निरु दाहाल पाण्डे र दिपक खरालको नाम सिफारिश गरेको थियो  । आचार्यको नाम पहिलो नम्बरमा सिफारिश गरिएको थियो ।

यसैगरी प्रशासन सेवातर्फ पनि पहिलो नम्बरमा सिफारिश गरिएका गणेश पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय सरकारले गरेको छ । बढुवा समितिले पाण्डेलाई पहिलो नम्बरमा, दोश्रो नम्बरमा मधुसूदन बुर्लाकोटी र तेश्रो नम्बरमा कृष्णहरी पुस्करको नाम सिफारिश गरेको थियो । डा.रेग्मीको हकमा भने बढुवा समितिले उनको नाम मात्र सिफारिश गरेको थियो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवमा बढुवाकोलागि वरिष्ठ सहसचिवको नाम सिफारिश गरेको थियो । बढुवा सिफारिश समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य हुने निजामती सेवा ऐनमा व्यवस्था छ ।

बढुवा समितिले सिफारिश गरेको सूचिबाट सरकारले नाम छान्ने गर्छ । यसरी नाम छनौट गर्दा सरकारले कहिलेकाँही पालो मिचेर दोश्रो नम्बरमा या तेश्रो नम्बरमा सिफारिश गरिएको नामलाई बढुवा गर्ने गर्छ ।

लोकसेवा आयोगका पदाधिकारी रिक्त भएको बेला विभिन्न समुहका १० जना सचिव पद रिक्त रहेका थिए ।  रिक्त ४ सचिवमा सरकारले बढुवा गर्ने निर्णय गरेको छ । अब ६ सचिव पद रिक्त रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ