arrow

नगदसहित ब्राउन सुगर कारोबारमा संलग्न ४ जना दमकबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
damak-drug.jpg

झापा । झापाको दमकबाट लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । सोमबार दिउँसो ३ बजे दमक ६ थानारोडमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथानका २६ वर्षीय विवेक लिम्बु र २२ वर्षीय सौरभ राईको साथबाट लागू औषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा इलाम चुलाचुली ४ घर भई हाल दमक ५ बस्ने ३१ वर्षीय विक्रम राई र ३७ वर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सय नगद सहित उनीहरूलाई पक्राउ गरिएको हो ।

सोधपुछका क्रममा उनीहरूले इलाम स्थित आफ्नो  घरमा लागू औषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनीहरूको घरमा गई खानतलासी गर्दा विक्रम राईको कोठाबाट लागू औषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ