arrow

विमलेन्द्र, शशांक र प्रकाशमानको घरमा आलोपालो छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
koirala-nidhi-singh.jpg

काठमाडौँ । नेपाली काँग्रेसका तीन नेताबिच आगामी १४औँ महाधिवेशनबारे आज पुनः छलफल भएको छ ।  हालका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहकाबिच महामन्त्री कोइरालाको निवास महाराजगन्जमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ । 

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले आसन्न महाधिवेशन, सरकारका गतिविधि, आगामी निर्वाचन लगायतका विषयमा नेता त्रयबिचमा छलफल भएको जानकारी दिए ।  उनका अनुसार महाधिवेशनमा प्रतिस्पर्धा भए पनि कसरी एकताको महाधिवेशन बनाउने र नेताहरूबिच सद्भाव कायम राख्ने भन्ने विषयमा छलफल भएको छ । 

यसअघि उपसभापति निधिको घरमा गत सोमबार नेता त्रयबिच छलफल भएको थियो । सो छलफलमा आफ्ना अग्रजको पार्टी प्रतिको योगदानलाई स्मरण गरेर सहमतिका साथ अघि बढ्ने सहमति भएको थियो । 

सोही बैठकमा जुटेको सहमति अनुसार आज पुनः नेता त्रय बिच महामन्त्री कोइरालाको निवासमा छलफल भएको हो । यसपछिको छलफल पूर्व महामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा हुने तिवारीले जानकारी दिए । 

निधि काँग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बिपी पत्र हुन् । यस्तै सिंह गणेशमान सिंहका पुत्र हुन् ।  यी तीनै नेताले आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि इच्छा देखाउँदै आइरहेका छन् । 

निधिले संस्थापन समूहलाई नै नेतृत्वमा आफ्नो दाबी हुने भन्दै चुनौती दिँदै आइरहेका छन् । संस्थापनबाट सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा दाबी गर्दै आइरहेका छन् । 

यसअघि निधिले नेतृत्व परिवर्तनका पक्षमा रहेका काँग्रेसका ९ जना युवा नेतासँग पनि छलफल गरेका थिए । युवा नेताहरूले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको एजेन्डामा साथ दिने भन्दै आकाङ्क्षीहरूबिच संवाद गर्न निधिलाई सुझाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ