arrow

संसद विघटनविरुद्ध संवैधानिक इजलासः विहीबार पनि देउवाको तर्फबाट बहस हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
supreme-court-long.jpg

काठमाडौं । नेपाली कांंग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिट निवेदनमा विहीबार(आज)पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस हुनेछ ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित १ सय ४६ जना सांसदको रिट तथा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पनि बहस भएको थियो ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिट निवेदनमा विहीबार वरिष्ठ अधिवक्ता हरिहर दाहाल, पूर्व महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठ, शेर बहादुर केसी, बरिष्ठ अधिवक्ता तुलसी भट्ट, वोर्णबहादुर कार्की, अधिवक्ता डा. दिनमणी पोखरेललगायतले बहस गर्दैछन् ।

हिजो(वुधबार) बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले कुन सांसदले प्रधानमन्त्रीको विश्वासको प्रस्तावमा भोट हाल्न पाउने र कसले नपाउने भनेर छुट्याउने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गरेका थिए । वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपतिले आफ्नो जिम्मेवारी पुरा नगरेको आरोप लगाए ।

अधिवक्ता खम्बबहादुर खातीले प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवाको दाबी पुग्ने भएपनि दुरासय मनसायका साथ प्रतिनिधिसभा विघटन गरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ