arrow

गण्डकी सरकारमा किचलो, केही मन्त्रालयको भागवण्डा टुंगियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
krishnachand-nepali-gandaki.jpg

पोखरा । लामो रस्साकस्सीपछि गण्डकी प्रदेश सरकारको केही मन्त्रालय बाँडफाँडमा सहमति भएको छ । नेपाली कांग्रेसका एक सांसदका अनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएको छ । यो मन्त्रालय कांग्रेस आफैंले राख्न खोजे पनि अन्ततः सफल हुन सकेन ।

सहमतिसंगै भौतिक पूर्वाधार मन्त्रालय भने मुख्यमन्त्रीको दल कांग्रेसले पाउने भएको छ । यसमा सरकारका प्रवक्तासमेत रहेका कुमार खड्काले पाउनेछन् । जनता समाजवादी पार्टीलाई खानेपानी, सिंचाई, उर्जा र भूमि व्यवस्था तथा कृषि दिने सहमति जुटेको छ ।

प्रदेशमा सत्ता परिवर्तमा निर्णायक भूमिका खेलेका दीपक मनाङेले पाउने मन्त्रालय भने अझै टुंगिएको छैन । उनले आन्तरिक मामिला तथा कानून मन्त्रालय रोजेको बताइन्छ ।

उनले यो मन्त्रालय रोजेपछि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल निकै संकटमा परेका छन् । यद्यपि मनाङेलाई सामाजिक विकास र खेलकुदमध्ये एक मन्त्रालय दिने मुख्यमन्त्रीको तयारी छ ।  सम्भवतः मन्त्री बन्ने व्यक्तिको नाम टुंगो लागे मंगलबार शपथ ग्रहण गराइने तयारी भएको ती सांसदले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ