arrow

नेपालस्थित भारतीय राजदूतावासमा योग दिवस, फेसबुकमार्फत देखाइयो योग आसन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
yoga-India-emm.jpeg

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।

कोभिड-१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा ‘घर घरमा योग’ रहेको छ । योगलाई स्तरिय ढंगबाट अभ्यास गर्न हेतु तयार परिएको एवम् भारत सरकार आयुष मन्त्रालयद्वारा स्वीकृत ‘कमन योगा प्रोटोकल’अनुरुप दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो ।

सो योग अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । योग गुरु लोकनाथ खनालले योगासन प्रस्तुत गरिएको थियो भने सो कार्यक्रमलाई नेपालभरीबाट हेरेका थिए ।

दूतावासको प्रेस विभागका अनुसार योगको सन्देश र यसका फाइदाबारे सबैलाई सुसूचित गराउन योगका प्रचलित अभ्यासहरु नेपाली पाश्र्व आवाजसहित टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

साथै योगाचार्य सुनील मानसँग ‘कोभिड-१९ को समयमा योगको औचित्यता’ बारे गरिएको कुराकानी नेपालका सातै प्रदेशका दश प्रमुख रेडियो एफएम च्यानलमार्फत प्रसारण गरिएको थियो ।

दूतावासले भर्चुअलि आयोजना गरेको निबन्ध लेखन र भिडियो ब्लगिङ्ग प्रतियोगितामा नेपालभरीका नेपालीहरुले सहभागीता जनाएका थिए । संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ मा मान्यता पाई सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिएको छ ।

उत्तरी गोलाद्र्घमा वर्षको सबैभन्दा लामो दिन र विश्वका धेरै क्षेत्रहरुमा यो दिनको विशेष महत्व भएकोले संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउनुपर्ने सुझाव दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ