arrow

भिरबाट ढुङ्गा खस्न थालेपछि सात घर विस्थापित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
Kharpunath_Gaunplaika.png

सिमकोट । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिराको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् ।

गाउँमाथि रहेको माटो र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् ।

भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना ढुङ्गा खस्न शुरु भएको छ । बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । 

लगातारको वर्षाले बस्तीभन्दा करिब १०० मिटरमाथि जमीन भासिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ