arrow

राउतले सम्झिए मोदीलाई

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असार १ मंगलबार
subharambha.jpg

जनकपुरधाम ।  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । मुख्यमन्त्री राउतले सातौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मोदीको प्रशंसा गरेका हुन् ।  

प्रदेश २ मा सात दिवसीय योग शिविरको शुभारम्भ गर्दै उनले योगलाई विश्व स्तरमा स्थापित गराउन मोदीले अहंम भूमिका खेलेको भन्दै प्रशंसा गरे   । उनले भने,' योगलाई जनजनमा पुर्‍याउन बाबा रामदेवले एवं विश्व स्तरमा स्थापित गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका प्रशंसनीय छ ।' 

 मुख्यमन्त्री राउतले शहरी क्षेत्रमा मात्र सीमित योगलाई ग्रामीण क्षेत्र सम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।  मुख्यमन्त्री निवास मधेस भवनमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले अहिलेको व्यस्त जीवनमा आफू स्वास्थ्य रहन योग अपरिहार्य रहेको बताए ।
 
मङ्गलवार पतंञ्जली योग समिति प्रदेश नं.२ ले आयोजना गरेको सात दिवसीय योग शिविरको मुख्यमन्त्री राउतले आफ्नै निवासबाट भर्चुअल प्रविधि मार्फत शुभारम्भ गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ