arrow

प्रदेश २ सरकारमा कांग्रेस भित्रियो, तीन मन्त्रीबाट शपथ ग्रहण 

logo
निरंजनकुमार साह,
प्रकाशित २०७८ जेठ २७ बिहिबार
province-2-cabinet-extend.jpg

जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारमा नेपाली कांग्रेस भित्रिएको छ । कांग्रेसबाट बुधबार राति ३ जनाले शपथ लिएका हुन् । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्री, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्री तथा विरेन्द्रप्रसाद सिंह महिला, बालबालिका,  युवा तथा खेलकुद मन्त्री रहेका छन् । 

नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डा.राजेश झा अहिराजले सपथ ग्रहण गराए । 

जसपासँग सहमतिसँगै कांग्रेस सरकारमा
यसअघि बुधबार जनता समाजवादी पार्टीका नेता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले दुई बुँदे सहमति गरेका थिए । 

दुई बुँदे सहमतिमा लोकतन्त्र, सङ्घीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बद्ध तथा सुदृढीकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने उल्लेख रहेको थियो । 

यसैगरी दोस्रो बुँदामा प्रादेशिक आवश्यकता र विज्ञहरूको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्य विभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्न सकिने जनाइएको थियो । 

यसअघि कर्णाली प्रदेशमा नेपाली कांग्रेस सहभागी भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरमा गएको बेला प्रदेश २ सरकारमा यसरी हलचल आएको हो । मुख्यमन्त्री राउतले २ दिनअघि मात्र महन्थ ठाकुर पक्षबाट सरकारमा सहभागी भएका ४ मन्त्रीलाई सरकारबाट बर्खास्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ