arrow

जसपासँग २ बुँदे सहमति पछि प्रदेश २ मा कांग्रेस सरकारमा, ३ जना मन्त्री बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
sahamati-patra.JPG
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेस प्रदेश २ सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। बुधवार जनता समाजवादी पार्टीको नेता प्रदेश २को मुख्यमन्त्री लालाबाबु राउत र नेपाली काँग्रेस प्रदेश २का संसदीय दलका नेता रामसरोज यादवले दुई बुँदे सहमति गरेका छन्।

सरकारमा काँग्रेसको तर्फबाट राम सरोज यादवले नेतृत्व गर्ने भएका छन्। स्रोतका अनुसार काँग्रेसले ३ वटा मन्त्रालय र माओवादीले एउटा मन्त्रालय पाउने भएका छन्।

स्रोतका अनुसार काँग्रेसले भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा तथा खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ। काङ्ग्रेसबाट ओमप्रकाश शर्मा र वीरेन्द्र साह पनि सरकारमा सहभागी हुने सम्भावना रहेको स्रोतले बतायो। स्रोतका अनुसार बुधवार साँझसम्म शपथ ग्रहण गराउने तयारी भएको छ।

दुई बुँदे सहमतिमा लोकतन्त्र, सङ्घीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बद्ध तथा सुदृढीकरण गर्न लालबाबु राउत नेतृत्वको नेपाली काँग्रेस सरकारमा सहभागी हुने उल्लेख छ । सरकारमा काँग्रेसको तर्फबाट रामसरोज यादवले  नै नेतृत्व गर्ने पनि सहमतिमा जनाइएको छ।

यसै गरी, दोस्रो बुँदामा प्रादेशिक आवश्यकता र विज्ञहरूको राय सहित मन्त्रिपरिषद्को संरचना र कार्य विभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्न सकिने जनाइएको छ।

यसअघि कर्णाली प्रदेशमा नेपाली काँग्रेस सहभागी भएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरमा गएको बेला प्रदेश २ सरकारमा यसरी हलचल आएको हो। मुख्यमन्त्री राउतले २ दिन अघि मात्र महन्थ ठाकुर पक्षबाट सरकारमा सहभागी भएको ४ मन्त्रीलाई सरकारबाट बर्खास्त गरेका थिए। 

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ