arrow

सेना, प्रहरी र सशस्त्रबीच संयुक्त अभ्यास

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७८ जेठ २५ मंगलबार
sasastra-rescue.jpg

गौर । रौतहटमा विपद् व्यवस्थापनको लागि पूर्वाभ्यास शुरु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा गर्ने अभ्यास सदरमुकाम गौरस्थित बरहवा तालमा ३ दिनसम्म चल्नेछ । बाढी तथा डुवान बाट हुने जोखिम न्यूनीकरणका लागि रौतहटमा पूर्वतयारी अभ्यासको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेश यादवले जानकारी दिए ।
 
मंगलबारबाट शुरु भएको अभ्यास बिहीबारसम्म चल्ने छ । बाढी तथा डुवानबाट पीडित रौतहटबासीलाई उद्धार र राहतका लागि यस्ता अभ्यासहरुले थप सहयोग गर्ने विश्वास लिएको छ ।

अभ्यासमा बाढीमा फसेकाहरुको उद्दार, घाइतेहरुको उद्दार, प्राथमिक उपचारको बारेमा जानकारीसमेत दिइने प्रजिअ यादवले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ