arrow

झापामा हालसम्म २ सय ७२ संक्रमितले गुमाए ज्यान 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ जेठ २४ सोमबार
jhapa.jpg

झापा । झापा जिल्लामा सोमबार थप ८ सहित हालसम्म २ सय ७२ जनाले कोरोना सङ्क्रमणमा परि ज्यान गुमाएका छन् । सङ्क्रमणमा परि पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमा बिर्ता सिटी अस्पतालमा बिर्तामोड ४ कि ४३ वर्षीय महिला , सोही अस्पतालमा बिर्तामोड ५ कि ५५ वर्षीय महिला , होम आइसोलेसनमा बुद्ध शान्ति ४ का ७३ वर्षीय महिला , बिर्ता सिटी अस्पतालमा इलाम ८ का ४६ वर्षीय पुरुष, बिर्ता सिटी अस्पतालमा धरान  १९ का ५३ वर्षीय महिला , एडभान्स अस्पतालमा उर्लाबारी ९ का ५२ वर्षीय पुरुष , आम्दा अस्पतालमा पथरी शनिश्चरे ९ का ७० वर्षीय महिला र एडभान्स अस्पतालमा रोइलिङ ८का ५३ वर्षीय महिला रहेका छन् ।

झापा जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ५४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । झापा जिल्लामा आज सम्मको पिसिआर परीक्षण सङ्ख्या ५१ हजार ७ सय ७० रहेको छ । जसअन्तर्गत ११ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जारी गरेको दैनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आज जिल्लाभर ४ सय ४५ जनामा पिसीआर र १ सय ४२ जनामा एन्टिजेन्ट परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् ।

 झापा जिल्लाभर कोरोना दोस्रो लहरबाट महिला ४६ र पुरुष ९७ गरी जम्मा १ सय ४३ जनाको सङ्क्रमणमा परि ज्यान गएको छ ।  साथै हाल सम्मको मृत्युदर ३.४४ प्रतिशत रहेको स्वास्थ्य कार्यालय झापाले जारी गरेको दैनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ