arrow

इ-कमर्श र होमडेलिभरी सेवा नरोक्न सर्वोच्चको अन्तरिक आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
supreme-court-long.jpg

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा अनलाइन माध्यमबाट हुने इ-कमर्शलाई नरोक्न आदेश दिएको छ ।

अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरीका सेवालाई सुचारु गर्न दिन न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सोमबार अन्तरिम आदेश दिएको हो ।

निकेत अग्रवालसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर अनलाइन प्रणालीबाट हुने व्यापार र होमडेलीभरी रोक्न नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिट उपर इजलासले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर त्यस्तो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म त्यस्तो कार्य गर्न दिन भनेको हो ।

सरकारले निषेधाज्ञाका समयमा सामान ओसारपसार गरेको भन्दै अनलाइन प्रणालीबाट हुने होम डेलिभरीलाई रोक्दै आएको थियो भने चेकजाँचका क्रममा सुरक्षाकर्मीहरुलेसमेत अवरोध गर्दै आएका थिए ।

अघिल्लो पटक काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवाको होम डेलिभरी गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गरेको थियो । हाल जारी निषेधाज्ञामा भने  होमडेलीभरीमा रोक लगाएपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ