arrow

१२४ वर्षीया वृद्धाले लगाइन् कोरोना भाइरस विरुद्धको खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
india-corona-recovery.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप लगाउने क्रम जारी छ । खोप सबैभन्दा द्रुत गतिमा भारतले लगाइरहेको छ । उक्त क्रममा बुधबार १२४ वर्षीया वृद्धाले पनि खोप लगाएकी छिन् । 

जम्मू–कश्मीरकी उनले बुधबार खोप लगाएकी हुन् । बरामुल्लाहको वागुरास्थित श्राक्वारा ब्लककी उनले खोपको पहिलो डोज लगाएकी हुन् । 

मेडिकल अफिसर डा ताजामुल मलिकले उनलाई खोप लगाएको पुष्टि गरिन् । ती वृद्धा स्वस्थ्य रहेको समेत उनले बताइन् । डोर–टु–डोर अभियान अन्तर्गत ती वृद्धालाई उनकै घरमा पुगेर खोप लगाइएको हो । 

अहिलेसम्म भारतमा २२ करोड १० लाख ४३ हजार ६९३ जनाले खोप लगाएका छन् । बुधबारसम्म २१ करोड ८५ लाख ४६ हजार ६६७ जनाले खोप लगाएका थिए । बुधबार मात्रै एकै दिन २५ लाख २९ जनाले खोप लगाएका थिए ।  बिहीबार २४ लाख ९७ हजार २६ जनालाई खोप लगाइएको थियो । 

त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । बिहीबार २ लाख ५ हजार ७७१ जनालाई निको भएको छ । बुधबार २ लाख ११ हजार ७५० जनालाई निको भएको थियो । 

मंगलबार २ लाख ३१ हजार २७७ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ६५ लाख ८८ हजार ८०८ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । बिहीबार १ लाख ३१ हजार २८० जना संक्रमित थपिएका छन् । बुधबार १ लाख ३३ हजार ९५३ जना संक्रमित थपिएका थिए । 

मंगलबार १ लाख ३३ हजार ४८ जना संक्रमित थपिएका थिए । भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ८५ लाख ७२ हजार ३५९  जना संक्रमित पुगेका छन् ।

बिहीबार २ हजार ७०५ जनाको ज्यान गएको छ । बुधबार २ हजार ८९७ जनाको ज्यान गएको थियो । मंगलबार ३ हजार २०४ जनाको ज्यान गएको थियो । सोमबार २ हजार ७८१ जनाको ज्यान गएको थियो । 

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख ४० हजार ७१९ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर १६ लाखमा झरेका छन् । हाल १६ लाख ३१ हजार ४२७ जना सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ