arrow

दमक स्थित राधे होटेलबाट नेपाली नक्कली नोट र ब्राउन सुगर सहित एक व्यक्ति पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
pakrau-jail.jpg

झापा । झापाको दमक नगरपालिका स्थित एक होटेलको कोठाबाट नक्कली नोट र खैरो हिरोइन (ब्राउन सुगर) सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ वर्षीय पूर्णबहादुर बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बानियाँलाई दमक १ स्थित राधे होटेल एन्ड लजको कोठाबाट मङ्गलवार राति ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

बानियाँको साथबाट ४७.५३ ग्राम ब्राउन सुगर र नेपाली एक हजारका ८ वटा एकै नम्बर भएका नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बानियालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ