arrow

संक्रमणबाट झापामा थप ५ जनाले गुमाए ज्यान 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ जेठ १८ मंगलबार
jhapa.jpg

झापा । झापा जिल्लामा मङ्गलवार थप ५ जनाले कोरोना संक्रमणमा परि ज्यान गुमाएका छन् । झापा जिल्लामा संक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या २ सय ४७ पुगेको छ ।

संक्रमणमा परि पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमा अर्जुनधारा नपा वडा न ५ कि ४२ वर्षीय महिला वडा न ११ कि ४६ वर्षीय महिला , बुद्ध शान्ति ३ कि ३७ वर्षीय महिला र ८५ वर्षीय पुरुष , र मेचीनगर १० का ५६ वर्षीय पुरुष रहेका छन् । 

झापा जिल्लामा पछिल्लो २४ घण्टामा २ सय ७९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । झापा जिल्लामा मङ्गलवार सम्मको पिसिआर परीक्षण सङ्ख्या ४९ हजार ५ सय ६७ रहेको छ ।

जस अन्तरगत १० हजार ६ सय ९६जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जारी गरेको दैनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मङ्गलवार जिल्ला भर ४सय ८४ जनामा पिसीआर र २सय २६ जनामा एन्टिजेन्ट परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् ।

 झापा जिल्लामा कोरोना संक्रमणमा परि दोस्रो लहरमा ३४महिला र ८४ पुरुष गरी १ सय१८ जनाले ज्यान गुमाएका छन् । जस अन्तरगत मङ्गलवार सम्मको मृत्यु दर २.८३ प्रतिशत रहेको स्वास्थ्य कार्यालय झापाले जारी गरेको दैनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ