arrow

झापामा थप ५ जनाले गुमाए ज्यान

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
jhapa.jpg

झापा । झापा जिल्लामा शुक्रवार थप ५ जनाले कोरोना सङ्क्रमणमा परि ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या २ सय २८ पुगेको छ । कोरोना सङ्क्रमणको दर नरोकिँदा जेठ २१ गते मध्यरात १२ बजेसम्मको लागि जारी निषेधाज्ञा लम्ब्याइएको छ ।

 जिल्लाको डिसीसीएमसी बैठकले साबिकका व्यवस्थालाई निरन्तर दिँदै निषेधाज्ञाको समयावधि लम्ब्याएको छ ।

सङ्क्रमणमा परि पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमा दमक नगरपालिका वडा न १० र ८ का ५५/५५ वर्षीय महिला रहेका छन् , त्यसै गरी मेचीनगर ९ का २९ वर्षीय पुरुष ,मेचीनगर १३ का ४४ वर्षीय पुरुष र कमल गाउँपालिका ३का ७६ वर्षीय पुरुष रहेका छन् ।

झापा जिल्लामा पछिल्लो २४ घण्टामा २सय ८ जना कोरोना सङ्क्रमित फेला परेका छन् ।
झापा जिल्लामा शुक्रवार सम्मको पिसिआर परीक्षण सङ्ख्या ४८ हजार २ रहेको छ ।

जस अन्तरगत सङ्क्रमित सङ्ख्या ९ हजार ९ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जारी गरेको दैनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

शुक्रवार जिल्ला भर ३सय ६६ जनामा पिसीआर र १ सय ३५ जनामा एन्टिजेन्ट परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापामा फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ