arrow

संक्रमणबाट झापामा २ सय २३ ले ज्यान गुमाए, जेठ २१ सम्म निषेधाज्ञा 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ जेठ १३ बिहिबार
jhapa.jpg

झापा । झापा जिल्लामा बिहीबार थप २ जनाले ज्यान गुमाउँदा हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय २३ पुगेको छ । कोरोना संक्रमणको दर नरोकिँदा जेठ २१ गते मध्यरात १२ बजेसम्मको लागि जारी निषेधाज्ञा लम्बाउने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बिहीबार बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ २१ गते मध्यरात १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो। जिल्लाको डिसीसीएमसी बैठकले साबिकका व्यवस्थालाई निरन्तर दिँदै निषेधाज्ञाको समयावधि लम्ब्याएको छ ।

खाद्यान्न, माछा मासु र हरियो तरकारी बिहान ९ बजेसम्म होम डेलिभरी गर्न पाउने छन् । ती सामानहरू व्यवसायीले आफै बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य सङ्घको सहकार्यमा घर-घरमा पुर्‍याइसक्नु पर्ने व्यवस्था छ । 

निर्माण सामग्री ओसारपसारको हकमा बिहान ११ बजेदेखि दिउँसो १ सम्म मात्र समय तोकिएको , मल खाद्य बीउ बिजन बिक्री वितरणका लागि दिउँसो ११ बजे देखि १ बजे सम्मको समयावधि तोकिएको साथै अन्य सेवा हरू पनि अघिल्लो आदेश बमोजिम नै यथावत् रहेको र खाद्यान्न अभाव भए स्थानीय सरकार सँग समन्वय गरी बिक्री वितरण गर्न पाउने व्यवस्था थप गरिएको प्रजिअ श्रवणकुमार तिमिल्सिना द्वारा हस्ताक्षरित जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

झापा जिल्लामा कोरोना संक्रमण परि पछिल्लो २४ घण्टामा थप ३ जनाको  मृत्यु भएको छ । साथै कोरोनाका कारण हालसम्म जिल्लाभर २ सय २३ जनाले ज्यान गुमाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ