arrow

झापामा थप ७ जनाले गुमाए ज्यान 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ जेठ १२ बुधबार
jhapa.jpg

झापा । झापा जिल्लामा कोरोना सङ्क्रमणमा  ७ जनाले ज्यान गुमाएका छन् । योसँगै आज बुधवार सम्ममा २ सय २० जनाले ज्यान गुमाएका हुन् ।

आज ज्यान गुमाउने हरूमा गौरादह नगरपालिका २ का ५० वर्षीय पुरुष , गौरिगन्ज ३ का ६५ वर्षीय पुरुष , बिर्तामोड ७ का ६० वर्षीय पुरुष ,बिर्तामोड १० का ४६ वर्षीय पुरुष , त्यसै गरी बिर्तामोड ३ कि ८४ वर्षीय महिला , साथै भद्रपुर ३ र ८ का ६५/६५ वर्षीय पुरुषहरूको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

२४ घण्टा अवधिभरमा झापा जिल्लामा १ सय ३८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हाल सम्म आइसोलेसनमा ३ हजार ८ सय ४३ जना कोरोना सङ्क्रमित रहेको जानकारी स्वास्थ्य कार्यालय झापा द्वारा प्रकाशित दैनिक कोरोना प्रतिवेदनमा उल्लेख गरिएको छ ।

झापा जिल्लामा आज सम्म ९ हजार ६ सय ३२ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ