arrow

अहङ्कारी प्रधानमन्त्रीका कारण पटक पटक अदालत आउनु पर्ने भयो : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
gagan-thapa-supreme-court.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संविधान बनाउँदा राजनीतिक अस्थिरताको अन्त्य गर्ने परिकल्पना गरिए पनि स्वेच्छाचारी र अहङ्कारी प्रधानमन्त्रीका कारण पटक पटक मुलुकमा अस्थिरता देखिएको बताएका छन् । 

सर्वोच्च अदालतमा रिट दायर गरेर बाहिरिने क्रममा पत्रकारहरूसँगको कुराकानीमा थापाले  संविधान विरोधी, अयोग्य र अहङ्कारी प्रधानमन्त्रीका कारण राजनीतिक स्थिरताको माग गर्दै पटक पटक अदालत धाउनु परेको बताए । 

‘संविधान बनाउँदा राजनीतिक स्थिरताको परिकल्पना थियो, संविधान विरोधी, अयोग्य र अहङ्कारी प्रधानमन्त्रीका कारण पुनः स्थिरताको माग गर्दै पटक पटक अदालत धाउनु पर्ने अवस्था आयो,’ सांसद थापाले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ