arrow

भण्डारी–ओलीको ‘कू’

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले : गगन थापा

महामारीमा पनि अधर्म गर्न सक्ने देशघाती जोडीको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
gagan-thapa_(2)1.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेर गरेको ‘कू’ विरुद्ध एकजुट हुन आग्रह गरेका छन् । उनले सामाजिक संजालमा विद्या र केपी मिलेर गरेको कूविरुद्ध सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका हुन् । 

नेता थापाले ओली र भण्डारीलाई नेपालको संविधान २०७२ नै मन नपरेको उल्लेखसमेत गरेका छन् । पटक पटक संविधानको उल्लंघन गरेकाले पनि यसको प्रमाण उनीहरुले दिइसकेका छन् । उनले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको आरोपसमेत लगाएका छन् । 

उनले कोरोना भाइरसको महामारीमा समेत अधर्म गर्न सक्ने देशघाती जोडी यहीं र यत्तिमै रोकिनेवाला छैनन् भन्दै यस्ताविरुद्ध सम्पूर्ण शक्तिका साथ लड्न आग्रह गरेका हुन् । 

उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३)को सरकार गठन,विश्वास लिनुको सट्टा ७६ (५) को आह्वान, अनुकुल नभएपछि फेरि विघटन ! कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए । सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् । नेतागण ! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ