arrow

स्वजीविकाका लागि युवाहरु यो देशमा रहनुपर्छ

logo
प्रा.डा. नृसिह खत्री  
प्रकाशित २०७८ जेठ ६ बिहिबार
nirsing.jpg

विश्वग्रामी वर्तमान परिवेशमा आखिर सबै ठीकठाक छ । कोभिड नोभिड विश्वका लागि हो मेरो लागि मात्र होइन । लकडाउन सबैका लागि हो । पानी, हावा, घाम सबैका लागि हो । अनि साथ हात र सहयोग मिलेको नै छ भने किन मिहीनेत नगर्ने ? अमेरिका, अष्ट्रेलिया, जापान तथा युरोपमा नेपालीकालागि धेरै कडा नियम छ भने त्यसका लागि राजनीतिक हिसाबले पहिलो त त्यो देशको माटो उनीहरुको देशमा रहेका जनताकालागि हो भन्ने बुझौं । दोस्रो हामी धेरै मिहीनेत गर्ने अनुशासित भएर वस्ने र काम गर्ने, इमान्दार तथा सोझो हुने विदेशमा हो । नेपालमा आपनो देशमा चाहि कमै हुने हो । विदेशमा मस्तीको जात नकमाउने नेपालीको हो रे । कमाउने वंगाली हो रे भन्ने पनि छ, भनिन्छ । त्यसो भएपछि उनीहरुले आपनो देशको मानिसलाई छोडेर हामी नेपालीलाई किन माया गर्ने ? किन स्थान दिन्छन । तर पनि दिएका छन नेपालीलाई धेरै माया गरेका छन् । मेरा भाई युवराजले भन्दछन कि किन ७० हजार पर्ने मोवाइल निरक्षर नेपालीले चलाउदछन ? किन सँधै एउटै बाटोमा मात्र मर्मत सम्हारका लागि वजेट खर्च हुन्छ ? बाटो कति बर्षसम्म काम दिन्छ भन्ने पनि योजनामा मूल्याङ्कनको सिस्टम छ ? साँधी रहन्छन म मौन रहने गर्दछु ।

केही दिन अघिमात्र सीके लालको कान्तिपुरमा लेख पढदा पाइयो कि “नेपालमा रहेका पार्टी भनेको पहाडिया वाहुनहरुको पार्टी, जसलाई कुनै कसैले इन्कर, विमति राख्न पाउने हक छैन रे । दोश्रो उनले भनेका छन् कि शासन व्यवस्था पहाडिया हिन्दूवादी जातीय नश्लका व्यक्तिहरुको प्रभाव र हाली मुहाली छ रे । अनि कथित मधेशले विद्रोह र आन्दोलनको बढी मूल्य तिर्नु परेको छ रे । मैंले वीपी कोइरालाले जेल जर्नलमा लेखेको पढेको थिएकी “वाहुनको दर्पले यो नेपाल हिन्दूस्थान धेरै पीडित रहेको छ” । यी सोच बिचारहरु कालजयी त छैनन् तर सामाजिक र समाजशास्त्रीय सोच विचार भने अवश्य नै हुन । हालसम्म समाज संरचनाको विराशतको संप्राप्तिको हिसावले भनेको कुरा धेरै हदमा सत्य र ठीकै छन् ।

के परिवार भन्दैमा एउटा परिवारले बसाएको, बनाएको घरमा अर्को परिवारको सदस्यले गएर विना रोकटोक वस्न, चयन गर्न, भोग चलन गर्न पाउँदछ ? के त्यहाँ केही वाधा अवरोध सिमा वा छेकवार विभाजनको शर्त हुदैनन् ? परिवार समाजको मान्यताका हिसावले बन्धन वा शर्त आवश्यक हुन्छन कि हुदैनन ? त्यसो भए यी जो तर्क सोच आइरहेको छन, तिनीहरुले नेपाली समाजलाई जोडने कि तोडने के गर्लान ?राजनीतिले यहाँबाट सिमाना छुटिन्छ भन्ने र ज्ञान मार्गी सन्तहरुले यहाँ जोडिदो रहेछ भन्ने मान्यता राख्ने गर्दछन् ।

नेपाल तथा नेपालीका पुर्खाहरुले नेपाल बनाउन, जोगाउन धेरै बर्ष रगत पसिना तथा स्वाभीमानलाई समर्पित गरे । विश्वमा नै प्राचीन जातिहरुका पुर्खाले मिहीनेत, परिश्रम र वलिदानले जोडेको बचाई दिएको देश नेपाल हो । यी सबै काम तथा कुराहरुले यो नेपाललाई अव जोगाउने काम हामी आम नेपालीहरुको हो । केही ठीक केही वेठीक पनि होला । तर हामीले क्रिटीकल एप्रोचले समाजलाई हेर्न आवश्यक रहन्छ । समाजमा घटेको भएको सबै घटनाहरुलाई त्यसरी नै हेर्नपर्दछ । हामी खराव नै भएपनि कानुन र सरकारलाई मान्यता गर्दछौं । विधि, नीतिमा चल्दछौं । आफ्नो देशको इतिहासमा गर्वपनि गर्दछौं र समाज, संस्कृति र राष्ट्रलाई माया र सम्मान गर्दछौं । एक व्यक्ति, नेता, दलले चाँहदैमा सरक्कै त्यसलाई उल्टाउन पनि सक्दनौं । यसका लागि दिगो तरिकाले नीति, विधी, चाल, चलन चरित्रमा दिगो तरिकाले हामीले सोच विचार तथा व्यबहार गर्न पर्दछ, जो हामी गर्ने संस्कार बसाल्ने छौं ।

नेपाल देश नेपालीहरुको हो । हिन्दूस्थानको भन्दा हाल धेरै माथि हाम्रो आयस्तर, आयु र पूर्वाधार बढेको देखिएको छ । वेभसाइडमा यूएन डिपिको रिपोर्ट २०२० मा हेर्दा नेपालीको आयमा ४१९८ डलर भएको अनि सरदर आयु ७०ं ८ वर्ष भएको, लैङ्गिक सुरक्षा बढेको भन्ने पाउँदा जान्नेलाई खुशी नै लाग्दछ । सरकारले पनि नेपाल कम विकसितबाट मध्यम आय भएको राष्ट्रमा प्रवेश गरेको भन्ने केही अगाडि सरकारले भनेको तथ्य सत्य हो नै देखिन्छ ।

अब वर्तमान सरकारमा रहनु भएका हाम्रा प्रधानमन्त्री, सज्जन, भद्र तथा नीतिमा विधिमा चल्ने भै दिनुहोस भन्ने हाम्रो चाहना सदभावना हो । राष्ट्रपतिज्यू राष्ट्रको, आम नेपाली तथा नेपालीको अभिभावक हुनुहोस भन्नेपनि हाम्रो चाहना हो । ठूलो प्रतिपक्ष दल र साना प्रतिपक्षदलहरु पनि त्यसैगरी मिलेर सत्य असत्य ठीक वेठीकका आधारमा यो देशमा मिलेर काम गरी दिउन भन्ने पनि हाम्रो सदभावना हो । हामीले केहीकेही काम त्यसरी नै गरेको हाम्रो अनुभव अहिले पनि कायम रहेको छ  । बीचको बाटो मध्यमार्ग नै सफलताको आधार हो भनी भगवान वुद्धले भनेका छन् । हामी खतिवाद, अतिबादमा भने बिश्वास गर्दैनौ र यसमा हाम्रो समर्थन तथा विश्वास पनि छैन् । हिसाबमा पनि स्टायान्डर डेभिएशनमा मध्यमानलाई सुवर्णमान भनिन्छ । त्यसलाई थामेर वचाएर वर्तमानको संविधान र राज्य व्यवस्थालाई अगाडि लैजानपनि सकिन्छ ।

हेर गाँउ घरमा खेतवारीहरु वाँझो देखिएका छन् । डोजरे विकास अन्धाधुन्द र विना योजना भएको छ । संयुक्त राष्ट« सघीय विकास संस्था युएनडीपीको २०२० को विकासको प्रतिवेदनमा नेपालको स्तर हेर्दा सबैभन्दा कम नम्वर वातावरणीय दीगोपना तथा सुरक्षामा पाएको देखिन्छ । अनि भ्रष्टाचार धेरै बढीरहेको, नरोकिएको देखिन्छ । अख्तियार दुरुपयोग निवारण आयोग प्रतिपक्षलाई धमक्याउने निकाय भयो भन्ने सुनिन्छ भने न्यायालयमा धेरै वेथिति र सेटिङ्गबाट काम हुने गरेकोले न्याय मरिरहेको छ भन्ने पनि गुनासो आइरहेको सुनिन्छ । कि यो भ्रष्टाचार रोक्ने, योजनावद्ध दिगो विकास गर्ने, युवाहरुले गाँउमा रहेका खेतवारीमा कामगरी विदेशमा रहँदा जानेको सिकेको सीप लगाएर काम गर्ने, भ्रष्टाचार अनैतिकताको जमेर विरोध गर्ने, विधि नीति मिचेर काम गर्ने शैलीको विरोध गरी सदाचारलाई प्रोत्साहन दिने, समर्थन गर्ने हो भने अबको नेपालले शान्ति र विकासमा गति लिन सकने आशा जगाउँदछ ।

बाबुआमा वा गुरुबाबा भन्दैमा अन्याय अत्याचार तथा व्यभिचार सहँदै स्वीकार गर्दै भागेर हिंडयो भने ओराली लागेको मृगलाई बाच्छाले पनि लखेटदछ जस्तो हुनजान्छ ।  त्यसले देश बन्ने प्रवृत्ति बढाउँदछ । त्यसले स्वतन्त्रता, समानता, वन्धुत्व अनि राष्ट्रियता बढाउँदैन । त्यसै कारणले हामीले अहिलेपनि विश्वको इतिहासमा युरोपको सत्रौ, अठाह्रौ शताब्दीका घटनाहरुलाई महान तथा अद्वितीय घटना भनेर जान्ने मान्ने गरेका छौं । हामी जति महान भयौं, त्यति नै मिहीन हुन जान्न सिक्नु पर्दछ । गान्धी शान्तिवादी थिए । अनी आफै चर्खा काटदथे, अनि वाख्रो चराउँदथे । उनले महान भएर पनि मिहीनताको अभ्यास गरेको थिए । तर उनलाई गोडसे प्रवृत्तिले समाप्त गर्यो, जो प्राकृतिक थिएन । हामीले अप्राकृतिक गठवन्धन, गति, विकास तथा उन्नति पनि चाहेको होइन । हामीले सामाजिक प्रजातन्त्र चाहेको, यो नै सोसियल डेमोक्रेक्री हो जसले सबै तहमा मात्रा र सारमा समावेशिता भएको देख्न चाहन्छ । यो बर्तमानको नेपालको संविधानले प्रदान गरेको छ ।

हिन्दूस्थान यो संविधानको सफल कार्यान्वयन भएको, गरेको हेर्न देख्न चाहेको छैन भन्ने उसको विगतले प्रमाणित गर्दछ । किनभने यो संविधानको लेखनी र घोषणाका लागि विगतको सशस्त्र द्वन्द्धका महान सहिदको वलिदान, विगतको जनआन्दोलनको भावना र मर्म यसमा समेटिएको छ भने सबै दलहरुको त्यसमा पनि नेपाली कांग्रेस पार्टी र उसका नेताहरुको महान योगदान रहेको छ । केवल ठूला बढाहरुले यो संविधान मिच्न, थिच्न, किच्न अनि त्यसलाई तहसनहस गर्न भने पाइँदैन । झिल्कोले मुढो र मुढाले वन डढाउँदछ । उपराष्ट्रपति परमानन्दजीले हठवादी हुँदा राज्यले निकै मोल तिर्नु परेको थियो । वर्तमानमा पीएमले पनि कतै त्यही गर्नुपर्ने स्थिति नआवस भनी आम युवाहरुले भन्ने गर्नु र दवाव दिन पनि युवाहरु यो देशमा नै रहनपर्ने आवश्यक देखिन्छ । जसका लागि हामीले वातावरण बनाएर राख्न सक्नु पर्दछ ।-प्राडा खत्रीको फेसबुकबाट साभार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ