arrow

झापामा थप तीनले गुमाए ज्यान, १ सय १ जना उपचाररत 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
Jhapa-hamrakura.jpg.jpeg

झापा । पछिल्लो समय झापामा कोरोना संक्रमणका बिरामी दिनानुदिन बढ्दै गएका छन् । कोरोना संक्रमणबाट झापामा हालसम्म  दोस्रो लहर बाट २८ जना सहित जम्मा १५८ जनाले ज्यान गुमाइसकेका छन् ।

जस अनुसार  आज मङ्गलवार  दमक नगरपालिका वडा न ६ का  ५५ वर्षीय एक महिला र गौरादह नगरपालिका वडा न २ का  ५५   वर्षीय एक  पुरुषले ज्यान गुमाएका हुन । त्यसै गरी अर्का ज्यान गुमाउनेमा अर्जुनधारा नगरपालिकाका ५२ वर्षीय पुरुष रहेका छन् ।

हाल झापाको दमकमा ४ वटा अस्पतालमा कोरोनाका बिरामी हरूको उपचार भइरहेको छ ।दमकमा जम्मा आज मङ्गलवार  ५१ जना कोरोनाका बिरामी हरूको उपचार भइरहेको कोभिड उपचार केन्द्रकी इन्चार्ज देवी दङ्गालले जानकारी दिएकी छन् ।

जस अन्तरगत  कोभिड उपचार केन्द्र बेलडाँगीमा १५ जना ,आम्दा अस्पतालमा १२ जना ,लाइफलाइन अस्पतालमा ११जना र एड्भान्स अस्पतालमा १३ जना  कोरोना संक्रमितको उपचार भइरहेको छ ।

त्यसै गरी बिर्तामोड स्थित  विएण्डसी अस्पतालमा  हाल ५० जना संक्रमितको उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस  गिरीले जानकारी दिएका छन्  । जस अन्तरगत आइसियुमा २५, एचडीयूमा १२ र जेनेरल वार्डमा १३ जनाको उपचार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्ला भर १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये सबै भन्दा बढी ६० जना  भद्रपुरका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका  फोकल पर्सन  जीवन चौलागाईंले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ