arrow

कोरोनाको दोस्रो लहरले गौरादहमा तीन जनाको मृत्यु

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
Gauradhaha_Nagarpalika-1620705587.png

झापा । कोरोना भाइरस संक्रमणका कारण झापाको  गौरादह नगरपालिका २ नवाटोलीका ५५ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।

कोरोना भाइरस  संक्रमणभइ होम आइसोलेशनमा रहेका उनको मंगलबार बिहान करिब ३ः०० बजे घरमै मृत्यु भएको गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाले  जनाएको छ  ।

त्यसैगरी झापाको दमक नगरपालिकामा थप एक जना संक्रमितको मृत्यु भएको छ । दमक नगरपालिका  वडा नं ६ की ५५ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मंगलबार बिहान मृत्यु भएको दमक नगरपालिका  नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ  । 

दमकको कोभिड अस्पतालमा उपचारका लागि लगिएका उनको स्वास्थ्यमा थप समस्या देखिएपश्चात् उनलाई थप उपचारका लागि विराटनगर लगिएको  थियो ।

कोरोना भाइरसको दोस्रो लहरका कारण गौरादह नगरमा ३ जना र दमक नगरमा ८ जना संक्रमितको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ