arrow

प्रधामन्त्रीले राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्नुपर्छ : प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
prachanda23.jpg
prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा बोल्दै प्रचण्डले ओलीलाई विश्वासको मत प्राप्त पनि नहुने र त्यसको विश्वास स्वयम् ओलीलाई पनि नभएको जिकिर गरे ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले अहिले नै राजीनामा दिएर अर्को सरकार गठनको बाटो क्लियर गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र भावना अनुरुप हुने बताए ।

प्रधानमन्त्रीले विश्वासको मत लिन गरेको अपीललाई लोकतान्त्रिक प्रक्रियाको रुपमा सम्मान गरेको जनाउँदै प्रचण्डले भने, ‘प्रधानमन्त्रीको कार्यशैलीकै कारण विश्वासको मत प्राप्त गर्ने स्थिति छैन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ