arrow

झापाका विभिन्न ग्यारेजबाट प्रहरीले भेला गर्‍यो अक्सिजनका सिलिन्डर

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख २६ आइतबार
oxygen-jhap.JPG

झापा । झापामा १ सय ३३ वटा अक्सिजन ग्याँस सिलिन्डर स्थानीय मोटर ग्यारेजहरूबाट प्राप्त गरेको छ । झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १ सय ३३ वटा अक्सिजन ग्याँस सिलिन्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाइएको हो ।

गत बुधवार देखि शनिवार सम्ममा इलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काँकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिन्डर जम्मा गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । 

प्रहरीको सक्रियतामा जम्मा पारिएका सिलिन्डरहरू रिफिल गर्नको लागी कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त परिणामका सिलिन्डरहरू प्रहरी कार्यालयहरूले आ-आफ्नो एरियामा पर्ने ग्यारेजहरू , सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथीभरा ग्यारेज, समाल ग्यारेज, ओम साई अटो ग्यारेज, राजीव ग्यारेजसँग समन्वय गरी जम्मा गरिनुका साथै सिलिन्डरहरू रिफिल गरी आवश्यकता अनुसार कोरोना भाइरस सङ्क्रमितहरू लाई उपचार गरिने कोभिड अस्पताल हरूलाई आपूर्ति गर्ने व्यवस्था मिलाउने समेत सो कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ