arrow

उपचारमा स्रोत साधन कमी भएपछि कपिलवस्तु अस्पतालले गर्‍यो सहयोगको अपिल 

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७८ वैशाख २६ आइतबार
kapilbastu-hospital.JPG

कपिलवस्तु । जिल्ला तथा छिमेकी जिल्लाका बिरामीहरूको अत्यधिक चाप भएपछि कपिलवस्तु अस्पताल तौलिहवालाई सेवा दिन हम्मे हम्मे भएको छ । 

कोरोना महामारीका बिमारी तथा अन्य रोगका बिरामी भरिएपछि अस्पतालले अस्पताल बाहिर बेडको व्यवस्था गरेर उपचार गरिरहेको छ ।

अक्सिजनको कमी भएपछि एक अक्सिजनको सिलिन्डरले ३ , ३ जनाको उपचार गर्नु परेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सङ्क्रमित बिरामीहरू बढ्न थालेपछि बरन्डाको भुइँमा राखेर पनि बिरामी उपचार थालिएको छ । 

स्वास्थ्यकर्मीहरू रात–दिन खटिए पनि अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको अभावका कारण सेवा प्रभावित हुन थालेको कपिलवस्तु अस्पतालका मेडिकल अफिसर गणेश क्षेत्रीले बताए । अस्पतालमा उपचारमा समस्या भएपछि अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर किशोर बन्जाडेले एक विज्ञप्ति निकाली सरोकारवाला सबैलाई अस्पताललाई सहयोग गर्न आग्रह गरिएको छ । 
 
जिल्लामा हाल १ हजार बढी सक्रिय सङ्क्रमित रहेका छन् । स्थानीय तहहरूले बिरामीको उपचारमा संक्रिया नदेखाउँदा स्थानीय जनता दुःखित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ