arrow

कोरोनाका कारण झापामा ३ जनाको मृत्यु, जोखिम न्यूनीकरण गर्न सुरक्षा व्यवस्था कडा पारिँदै

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख २५ शनिबार
corona-virus.jpg

झापा। झापामा आज शनिवार तीन जनाको कोरोनाकै कारण मृत्यु भएको छ। आज मृत्यु हुनेमा दमक-८ का ८३ बर्सिया, बिर्तामोड-५ का ६२ बर्सिया महिला र शिवसताक्षीमा होम आइसोलेसनमा बसेका एक जना ७५ वर्षीय पुरुषको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका वडा नं-९ स्थित चिल्लागढका कोरोना सङ्क्रमितको शनिवार साँझ मृत्यु भएको वडा नं-९ का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिएका छन्। कोरोना सङ्क्रमण निज पुरुषको स्वास्थ्यमा सुधार आए पछ्यात अस्पतालबाट घर ल्याइएको थियो।

शनिवार दिउँसोसम्म स्वास्थ्यमा सुधार भएको भनिए पनि साँझ उनको अचानक मृत्यु भएको बताइएको छ। उनी शिवसताक्षी नगरपालिका वडा न-९ चिल्लागढ निवासी हुन्।

कोरोनाको दोस्रो लहर सुरु भएयता झापामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। प्रथम र दोस्रो लहर गरी कोरोनाका कारण झापा जिल्लाभर मृत्यु हुने जम्मा सङ्ख्या १४८ पुगेको छ। आज शनिवार सम्म झापा जिल्लामा जम्मा ४० हजार १ सय ८९ जनाको पीसीआर परीक्षण गरिएको छ। झापामा आज शनिवार एकै दिन थप १ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

जसमध्ये पीसीआर परीक्षणबाट ८४ महिला र १ सय ५ जना पुरुष गरी १ सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यसै गरी एन्टिजेन्ट परीक्षणबाट ४ महिला र २ पुरुष गरी जम्मा ६ जनामा सङ्क्रमण देखिएसँगै कुल १ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिएका छन्।

कोरोना सङ्क्रमणको दर दिनानुदिन बढ्दै गएको भन्दै जोखिम न्यूनीकरणका लागि  झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षतामा शनिवार बसेको डीसीसीएमसी झापाको बैठकले तीन महत्त्वपूर्ण  निर्णय गरेको छ।

बैठकले नेपालको पूर्वी सिमाना झापाको काँकडभिट्टाबाट भारततर्फ बाट नेपाल प्रवेश गर्ने नेपाली हरुलाई लक्षित गरी नेपाली सेनाले निर्माण गर्ने १ हजार बेड क्षमताको अर्ध–स्थायी होर्डिङ सेन्टरका लागि काँकडभिट्टाको नयाँ बसपार्कमा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले निर्माण सामग्री बोक्ने सवारी साधनहरू बिहान र बेलुकाका मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ।

निर्णय अनुसार निर्माण सामाग्री बोक्ने सवारी हरूलाई बिहान ६ बजे देखि १० बजे सम्म र बेलुका ६ बजे बजे देखि राती १० बजे सम्म मात्र सञ्चालन गर्न दिइने छ।

साथै एम्बुलेन्स, शव वाहक लगायतका अन्य कुनै पनि सवारी साधनहरूले तोकिएभन्दा बढी भाडा लिए कानुन बमोजिम कडा कारबाही गरिने निर्णयमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ