arrow

सङ्क्रमितलाई लक्षित गरी झापामा सुरुवाती कोठाद्वारा प्लाज्मा बैङ्क सुरु

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख २५ शनिबार
plasma-bank.jpg
तस्बिर : फाइल

झापा। विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड१९को सङ्क्रमणबाट प्रभावित भई गम्भीर अवस्थाका रहेका बिरामीहरूको उपचारमा सहयोग पुर्‍याउनका लागि झापामा सुरुवाती कोठा नेपाल नामक सामाजिक संस्थाको सहजीकरणमा कोरोना भाइरसबाट प्रभावित बिरामीको लागि प्लाज्मा रक्तदान अभियान सुरु गरिएको छ।

कोरोनाबाट गम्भीर अवस्थामा रहेका बिरामीको उपचारमा कोरोना भाइरसबाट प्रभावित भई निको भएका व्यक्तिहरूको प्लाज्मा रगत विशेष हुने भएकोले यो अभियान सुरु गरिएको हो।

संस्थाको सहजीकरण मा विभिन्न प्रकारका बिरामीहरूका लागि रगत खोजी, औषधि उद्धार कार्य लगायतका क्षेत्रमा आवश्यक सहयोग गरिने संस्थाका संयोजक दीपक दासले जानकारी दिएका छन्।

कोरोना भाइरसबाट प्रभावित बिरामीका लागि प्लाज्मा रगत रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हुनाले प्रदेश नम्बर १ का अति प्रभावित जिल्लाहरूलाई लक्षित गरी  यो अभियान सुरु गरिएको  संयोजक दासले बताए।

अभियान अन्तरगत संस्थाले रगत तथा प्लाज्मा दान गर्ने दाताहरूका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड सहित निःशुल्क यातायात सुविधा उपलब्ध गराउने  बताइएको छ।

अभियानमा इमर्जेन्सी रेस्पोन्स  सेन्टर (एआएसी), न्याय तथा विकासका लागि सामाजिक सञ्जाल र चेम्बर अफ कमर्स झापाले सहयोगी भूमिका खेल्नेछन्।
अभियानलाई रेडक्रस झापाले प्राविधिक सहयोग प्रदान गर्ने प्लाज्मा रगत व्यवस्थापनका फोकल पर्सन विष्णु आचार्यले जानकारी दिएका छन्।

विभिन्न क्षेत्रमा सक्रिय रूपमा इमर्जेन्सी रेस्पोन्स सेन्टर, न्याय तथा विकासका लागि सामाजिक सञ्जाल, सुरुवाती कोठा नेपाल लगायतका सामाजिक संस्थाहरूले गत वर्षको कोरोना भाइरसको भयावह अवस्थामा रगत खोजी कार्य, मानवीय उद्धार, औषधि वितरण, राहत वितरण लगायतको सामाजिक तथा मानवीय सहयोग  कार्यमा सहजीकरण गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ