arrow

सीडीओ सापलाई पत्रकार वलीको खुला पत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
naryan oli.jpg

जिल्ला प्रशासन कार्यालय                    
भैरहवा, रुपन्देही

श्री प्रमुख जिल्ला अधिकारी ज्यु ।

विषयः निषेधाज्ञामा टिप्पर कसरी अत्यावश्यक सवारी भयो ?

महोदय्, उपरोक्त विषयमा म यो अत्यन्तै दयनीय समयको घडीमा तपाई, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग ज्यु लाई केही शब्दले सम्वोधन गर्ने अनुमति लिएँ । यतिवेला रुपन्देहीको अवस्था नयाँ भेरियन्ट कोरोना भाइरसले निकै कष्टपूर्ण एंव भयावह स्थितीमा पुर्‍याएको यहाँलाई जानकारी नै छ, होला भन्ने आशा लिएको छु ।

जिल्लामा सरदर रुपमा हेर्ने हो भने, हालको अवस्थामा सामान्य अक्सिजन ग्याँस समेत नपाएर मात्रै होइन, अस्पतालका बेड समेत नपाउँदा, कैयनले मृत्युवरण गर्नु परेको समाचार पक्कै पनि यहाँसम्म पुगेकै होला, भन्ठानेको छु । विश्वास लिएको छु ।

जिल्लामा दोस्रो चरणको नयाँ भेरियन्टले शुरुवाती चरण लिईरहँदा मन्त्रिपरिषद्को वैठकले वैशाख १६ गतेदेखि ३० गतेसम्म पहिलो चरणको निषेधाज्ञा गर्नुपर्ने निर्णय गरेसंगै सोही अनुरुप जिल्लामा १६ गतेदेखि निषेधाज्ञा जारी गरियो । उक्त भेरियन्टबाट वच्नका लागि नागरिकहरुले स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने कुराको सन्देश छर्न प्रहरीलाई माइकिङ्ग समेत गर्न लगाइयो । भनियो सम्पूर्ण उद्योग, व्यवसाय वन्द गर्दै, अत्यावश्यक हिँडडुल समेत गर्न नपाईने।

तर, आज निषेधाज्ञाको नवौं दिन पुग्दा निषेधाज्ञामा पनि खोला उत्खनन् गर्दै आएका वडा ठेकेदारका न टिप्पर रोकिए न, विल्डिङ्ग कन्स्ट्रक्सनका ठेकेदार घर वनाउने जम्वो टोली रोकिए । आखिर किन ? के तपाई कै कार्यालयबाट जारी गरिएको सूचनाले यी ठेकेदारहरुको भट्टा सञ्चालनमा कुनै रोक नलाउने भनेर उल्लेख गरेको छ ? खै त मेरा दृष्टिले देख्दैन त ? जारी सुचनामा । तपाईको र टिप्परबीच के सम्वन्ध छ र ? निषेधाज्ञामा पनि निर्वाध रुपमा टिप्पर हुइँकाइरहेका छन् ? यो प्रश्न आमनागरिकको विशेष चासो एंव सरोकारको विषय वन्न पुगेको छ । 

वैशाख १५ गते तपाई कै कार्यालयबाट तपाईको नाम उल्लेख गर्दै, जारी गरिएको सूचनाको वुँदा न–९ मा भनिएको छ–शान्ति,सुरक्षा तथा सुव्यवस्था,स्वास्थ्य,खानेपानी, दुध, दमकल, विद्युत्, सञ्चार, भन्सार, क्वारेन्टाईन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्वुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा वाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन वन्द गर्ने उल्लेख छ ।

बिडम्वना, कोरोना महामारीमा भौतिक संरचना निर्माण कार्य कुन तहको अत्यावश्यक काम भित्र पर्छ म अनविज्ञ भएँ । जहाँ, दिनदहाडै टिप्परहरुले खोलाजन्य पदार्थ ओसारपसार गरिरहँदा, बाटोका खटिएका प्रहरी मुखदर्शक वनेका छन्, भने, मोटरसाइकल देख्यो कि झम्टिन खोज्छन् । आखिर यो निषेधाज्ञा किन र कसका लागि गरिएको हो ? यसको संक्षिप्त सारांश जवाफ चाहिएको छ । कि ती टिप्पर र घर निर्माण कार्य विना मान्छे अत्याधुनिक प्रविधिबाट चल्दै छ र ? कि त्यहाँ कोरोना भाइरसको प्रभाव हुँदैन् र ? यसको नियमन निकायले सवैलाई एउटै डण्डा चलाउन पर्दैन र ?

निवेदकः नारायण वली
बुटवल उप महानगरपालिका–९,रुपन्देही 
पेशाः–पत्रकारिता

मितिः २०७८/१/२४



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ