arrow

पाकिस्तानका प्रधानमन्त्री खान साउदी भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
imran-khan-PM.jpg

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खान तीन दिने साउदी अरेबियाको भ्रमणमा निश्केका छन् । शुक्रबार बिहान पाकिस्तानका प्रधानमन्त्री खान इमरान रियाध पुगिसकेका छन् ।

साउदी क्राउन राजकुमार मोहम्मद बिन सलमानको निम्तो आएपछि खान भ्रमणमा गएको बिश्लेषकहरुले बताएका छन् । साउदी र पाकिस्तानबिचको सम्बन्ध लामो समयदेखि तनावग्रस्त रहिआएको छ ।

यस्तोमा पाकिस्तानका प्रधानमन्त्री खानको साउदी भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । भ्रमणले दुवै देशबीचको सम्बन्धलाई सुधार गर्ने अनुमान छ ।

इमरान खान साउदी पुग्नु अघि नै हिजो पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा पनि साउदी पुगिसकेका छन् । लामो समयपछि भइरहेको दुवै देशको उच्च स्तरीय भ्रमण महत्त्वपूर्ण मानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ