arrow

न त अक्सिजन, न त भेन्टिलेटर, कोरोनाले च्यापे भगवान् भरोसा

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
mugu-hospital-1620300796.JPG

मुगु । जिल्लामा कोरोना भाइरसका संक्रमितहरूको सङ्ख्या दिनहुँ बढ्न थाले पनि अझै बिरामीका लागी चाहिने अक्सिजन,भेन्टिलेटर र आइसियु बेड नहुँदा यहाँका बिरामीहरू भगवान् भरोसामा बस्नुपर्ने अवस्था छ ।

जिल्लामा कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमित भेटिएको १० औँ दिन भइसक्दा पनि संक्रमितका लागी अति आवश्यक अक्सिजन,भेन्टिलेटर,आइसियु बेड लगायत पूर्व तयारी अवस्थामा नहुँदा कडा खालका संक्रमित उपचार गर्न जिल्ला अस्पतालमा आएमा भगवान् भरोसमा बस्नु पर्ने बाध्यता रहेको हो ।

जिल्लामा रहेका चार वटा स्थानीय तहहरू मध्य मुगु कार्मारोङ्क गाउँपालिकामा १० सोरूँ २० खत्याड गाउँपालिकामा ५ वटा र छायानाथ रारा नगरपालिकामा रहेको मुगु जिल्ला अस्पतालमा १० वेडाका आइसोलेसन बेड रहेका छन् जिल्ला भरीमा आइसियु सुविधा छैन भेन्टिलेटर नभएकोले आइसियु नभएको हो तर आइसियु र भेन्टिलेटर कै जस्तो सेवा दिने खालको चिकित्सकहरूले एलजियु (हाई डिपेन्नेन्ट युनिट)को व्यवस्था गर्नु भएको  जिल्ला अस्पताल मुगुका निर्मित स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढा बताउँछन् ।

अस्पतालमा हाल दुई अक्सिजन सिलिन्डर मात्र छन् । २७ वटा खालि सिलिन्डर भर्नाका लागी नेपालगन्ज पटाइएकोमा बुधवार मात्र त्यहाँ पुगेकाले सम्भव बुधवारै अक्सिजन भरेर शनिवार सम्म ती सिलिन्डर मुगु आइपुग्ने पनि निर्मित व्यवस्थापक बुढाले भने बारम्बार भेन्टिलेटर उपलब्धताका लागी सरकारसँग माग गरे पनि कुनै सुनुवाइ भएको छैन आजका मितिसम्म जिल्लामा २४ जना संक्रमित भेटिए पनि भगवान्का कृपाले जटिल खालका संक्रमित आएका छैनन् भोलिका दिनमा यस्ता खालका संक्रमित बिरामीहरू आएमा सकेजती सेवा दिएर थप उपचार गर्न सुविधा सम्पन्न अस्पतालमा रेफर गर्नु बाहेक कुनै विकल्प छैन ।

दिनानुदिन दिनु संक्रमितहरूको सङ्ख्या बढ्न थालेको भए पनि यहाँका चारै स्थानीय तहहरू यसको रोकथाम तथा नियन्त्रणका लागी खासै कदम चालेको देखिँदैन । भित्रभित्रै कोरोना समुदाय स्तरमा फैलिँदै गए पनि यसको नियन्त्रण,उपचार र परीक्षणका लागी स्थानीय सरकारहरूले पहल नगर्दा कोरोनाले जिल्लामा भयावह अवस्था लिन सक्ने नागरिक समाज मुगुका संयोजक रूप बहादुर मल्ल बताउँछन् ।  

अहिले कोरोना संक्रमितको सङ्ख्या जिल्लामा २४ पुगिसकेको छ । सबै संक्रमितहरूलाई होम आइसोलेसनमा राखिएको छ । उनीहरूको अवस्था सामान्य भए पनि कुनै संक्रमितको अवस्था जटिल भई अस्पतालमै भर्ना गर्नु पर्ने अवस्था आए अस्पतालमा आवश्यकता अनुसारको अक्सिजन सिलिन्डर छैन तत्काल व्यवस्था गर्न सम्बन्धित स्थानीय तह र जिल्ला अस्पताललाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक चन्द्रबहादुर शिवाकोटीले भन्छन् परीक्षणका दायरा बढाउन र समुदायमा संक्रमण फैलिन नदिनमा एन्टिजिक किड मार्फत परीक्षण बढाउन,बाहिरबाट आएकालाई क्वारेनटाइन मा राख्ने जस्ता कार्यमा रफ्तार बढाउन स्थानीय सरकारहरूलाई अनुरोध गरेका छौ  ।

गत वर्षको कोरोना समुदाय स्तरमा नफैलियोस् भनेर कोरोना पोजेटिभ देखिएका तर सामान्य अवस्था रहेका व्यक्तिलाई राख्न जिल्ला स्थित स्थानीय सरकारहरू,सरकारी तथा गैर सरकारी सङ्घ सस्ताहरू र सुरक्षा निकायहरूको विभिन्न सहयोगमा जिल्ला कारागार मुगुको नवनिर्मित भवनहरूमा ५५ बेड क्षमताको सुविधा सम्पन्न प्रारम्भिक आइसोलेसन बनाए पनि दोस्रो भेरिएन्टमा त्यस्ता लक्षण भएका बिरामीलाई नराखी हाम आइसोलेसनमा पाइएको छ । यसरी आइसोलेसनमा नराखी सिधै हाम आइसोलेसनमा राख्दा छरछिमेक र समुदायमा ती व्यक्तिबाट कोरोना फैलिने जोखिम बढ्दै गएको छ ।

अहिले १ जना मात्र प्रारम्भिक आइसोलेसनमा बस्दै आएको,अक्सिजनको व्यवस्था नभएकाले थप संक्रमित राख्दा समस्या बढ नसक्ने भएकाले अक्सिजनको लगायत अन्य व्यवस्थापनका लागी छायाँनाथ रारा नगरपालिकासँग छलफल र समन्वय भइरहेकाले छिटै सामान्य र मध्यम खालका कोरोना संक्रमित राख्ने गरी तयारी भइरहेको प्रारम्भिक आइसोलेसन सञ्चालनको जिम्मा लिएको नेपाल रेडक्रस सोसाइटी मुगु शाखाका सभापति जय बहादुर मल्ल बताउँछन् ।

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न कर्णाली प्रदेश सामाजिक मन्त्रालयले ३९ लाख बजेट व्यवस्थापन गरी ०७७ मङ्सिर १ गते माडिटेक ईन्टरनेशनल कम्पनीले यसको ठेक्का पाएको छ ।  यो प्लान्ट निर्माण गर्ने कम्पनीले सबै सामग्री सुर्खेतमा ल्याई पुराएको र यो महिना भित्रै अक्सिजन  प्लान्ट निर्माण  गरिसक्ने स्वास्थ्य सेवा कार्यालय मुगुका लेखा प्रमुख सुरेश केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ