arrow

गिरीबन्धु टि–स्टेटले तात्दै मुलुक 

ओलीले गिरीबन्धुमा कांग्रेसलाई मुछेपछि प्रतिवादमा उत्रिए देउवा [भिडियो]

जग्गा बिक्री कांग्रेसको पालामा भएको छैन, ओलीलाई आफूले गरेको कुरा हो भन्न के आपत्ति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
deuba-02-03.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि-स्टेटमा नेपाली कांग्रेसलाई मुछेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिवादमा उत्रिएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभापति देउवाले गिरीबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको जवाफ दिएका छन् । 

सभापति देउवाले अदालतले फैसला गरेपछि गिरीबन्धु टि स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेको कुरा बाहिर आएको भन्दै आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे । उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए ।

उनले भने, ‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरीबन्धु टिस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि । त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ । अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ । कांग्रेसको पालामा गिरिजाबाबु र म हो हाम्रो पालामा भएकै छैन । यस्तो कुरा उनले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो ।’

 सर्वोच्च अदालतले गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने तत्कालीन ओली सरकारको निर्णय बदर गरेपछि नेताहरू एक अर्कालाई आरोप प्रत्यारोपको स्तरमा उत्रिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ