arrow

हैदराबादको रोमाञ्चक एक रनको जित, मुम्बईको आज नकआउट खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
ipl-2024-haidarabad-riyan-p.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा सनराइजर्स हैदराबादले सिजनकै सबैभन्दा रोमाञ्चक जित हासिल गरेको छ । हैदराबादले राजस्थान रोयल्सलाई एक रनले हराएको हो । 

घरेलु मैदानमा खेलेको हैदराबादले पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २०१ रन बनायो । जारी आईपीएलको एकै सिजनमा हैदराबादले पाँच पटक २०० रन पार गरेको हो । यो कीर्तिमान भने मुम्बई इन्डियन्ससँग रहेको छ । सन् २०२३ मा मुम्बई इन्डियन्सको नाममा ६ पटक २०० रन पार गरेको रेकर्ड छ । 

नितिशकुमार रेड्डीले ४२ बलमा अविजित रहँदै ७६, ट्राभिस हेडले ४४ बलमा ५८ तथा हेन्रिच क्लासेनले १९ बलमा अविजित रहँदै ४२ रन जोडे । 

जवाफमा राजस्थानले ७ विकेटको क्षतिमा २०० रन बनाउन सक्यो । रियान परागले ४९ बलमा ७७ तथा यशस्वि जैसवालले ४० बलमा ६७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

प्लेयर अफ द म्याच भुवनेश्वर कुमारले ३ तथा पाट कमिन्स र टी नटराजनले समान २–२ विकेट लिए । 

अंक तालिका
अहिलेसम्म राजस्थान रोयल्स १० खेलबाट १६ अंकसहित छनोटको सबैभन्दा नजिक रहेको छ । ९ खेलबाट १२ अंकमा रहेको कोलकाता नाइट राइडर्स, १० खेलबाट १२ अंकमा रहेको लखनउ सुपर जाइन्टस र १० खेलबाट १२ अंकमा रहेको सनराइजर्स हैदराबाद प्लेअफका लागि दोस्रो, तेस्रो र चौथो स्थानमा रहेर मजबुद भएका छन् । 

१० खेलबाट १० अंकको चेन्नई सुपर किंग्स पाँचौँ स्थानमा छ । ११ खेलबाट १० अंकको दिल्ली क्यापिटल्स छैटौँ स्थानमा छ ।  

पञ्जाब किंग्स १० खेलबाट ८ अंकसहित सातौँ स्थानमा रहेको छ । 

गुजरात टाइटान्स १० खेलबाट ८ अंकसहित आठौँ स्थानमा छ । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरूको ६ अंक छ ।  

आजको खेल 
आज मुम्बई र कोलकाताबीचको खेल हुँदेछ । खेल बेलुकी ७ः४५ बजे वाङखेडेको मैदानमा हुँदैछ । जित हासिल गर्दा कोलकाता प्लेअफका लागि थप मजबुत हुनेछ । हारले मुम्बईको प्लेअफको अंकगणितसमेत समाप्त हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ