arrow

नाटो प्रमुखमा रुटेलाई समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
nato-world-europe-usa.png

काठमाडौँ । टर्किएले नाटो महासचिवको पदका लागि नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेको उम्मेदवारीलाई समर्थन गर्ने भएको छ । 

टर्किएले नाटोका अन्य सदस्यहरूलाई आफ्नो निर्णयबारे जानकारी गराएको हो । डच प्रधानमन्त्री रुटेले आफ्नो उम्मेदवारीको बारेमा वार्ताका लागि गत हप्ता शुक्रवार इस्तानबुलमा राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गरेका थिए। 

एर्दोगानसँगको संयुक्त पत्रकार सम्मेलनमा रुट्टेले नाटोको दक्षिणी भागलाई युक्रेन–रुस द्वन्द्व र गाजा सङ्कटलगायत क्षेत्रमा भूराजनीतिक प्रभावको फाइदा उठाउन टर्किए र यसको नेतृत्व आवश्यक रहेको बताए । 

२०१४ मा पदभार ग्रहण गरेका वर्तमान नाटो प्रमुख जेन्स स्टोल्टेनबर्गको यस वर्ष अक्टोबर १ मा आफ्नो कार्यकाल समाप्त हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ