arrow

रुससँग सम्बन्ध बढाउँदै सुडान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
sudan-map.jpg

काठमाडौँ । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बलका जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले दुई देशको साझा हितको लागि रुससँग सम्बन्ध बढाउन सुडान इच्छुक रहेको बताएका छन् । 

अल–बुरहानले पूर्वी सुडानको रेड सी राज्यको राजधानी शहर पोर्ट सुडानमा रसियाका उप विदेशमन्त्री र मध्य पूर्व र अफ्रिकाका लागि विशेष राष्ट्रपतिका प्रतिनिधि मिखाइल बोगदानोभसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् ।

रुसले सुडानसँग विभिन्न क्षेत्रमा थप सहयोगका लागि तयार रहेको भन्दै दुई देशको नेतृत्वमा सहकार्यलाई फराकिलो क्षितिजमा पुर्‍याउने राजनीतिक इच्छाशक्ति रहेको बताएको छ ।

उनले दशकौंदेखि मस्कोको मित्र रहेको सुडानको एकता र यस देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्न प्रयास गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ