arrow

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक

निरंकुश सामन्ती व्यवस्था पुनर्स्थापना हुनै सक्दैन- ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
kp-sharma-oli-80-01-08.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनै पनि प्रयास सफल हुने सम्भावना नरहेको बताएका छन् । शनिवार पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनर्स्थापना नहुनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गरे । 

अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्र विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनर्स्थापना हुनै नसक्ने जिकिर समेत गरे । उनले प्रतिकुल राजनीतिक शक्ति सन्तुलनका बीचमा पनि सकारात्मक शक्तिहरूलाई गोलबन्द गर्दै स्थायित्वका लागि प्रयास गर्नु, राष्ट्रियताका आघात पुग्ने सम्भावनाप्रति चनाखो रहनु तथा समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई अगाडि बढाउन एमालेले प्रभावकारी भूमिका खेल्नुपर्ने पनि बताए ।
 
ओलीले भने, ‘आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन । यसमा हामी ढुक्क भए हुन्छ । यो इतिहासको चक्र पछाडि फर्कने वाला छैन । लोकतान्त्रिक गणतन्त्रको प्रणाली सञ्चालनमा समस्या देखिएका हुन सक्छन् । संविधानले परिकल्पना गरेको न्यायपूर्ण समतामूलक लोकतान्त्रिक र समृद्ध समाजको निर्माणमा विलम्ब भइरहेको हुनसक्छ । तर यस समस्याको विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनर्स्थापना हुनै सक्दैन । सामाजिक असन्तुष्टिको लाभ यस्ता पक्षले उठाउन नपाउन भन्ने कुरामा सहज रहँदै त्यसलाई सम्बोधन गर्न हामी विशेष संवेदनशील रहनु पर्छ । प्रतिकुल राजनीतिक शक्ति सन्तुलनका बीचमा पनि सकारात्मक शक्तिहरूलाई गोलबन्द गर्दै स्थायित्वका लागि प्रयास गर्नु, राष्ट्रियताका आघात पुग्ने सम्भावनाप्रति चनाखो रहनु तथा समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई अगाडि बढाउन पार्टीले प्रभावकारी भूमिका खेल्न जरुरी छ । ’

अध्यक्ष ओलीले नेपाली जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने काममा एमाले गम्भीर भएर लाग्नुपर्ने समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ